बर्षातमा गाडी चलाउदा सावधानी

444

वीरगंज, २७ असार – बर्षातको मौसम आफैमा रोमाञ्चक हुन्छ । तर सवारी धनीहरुले भने यो मौसममा केही सावधानी अपनाउनु आवश्यक छ । यो मौसममा तपाइ र तपाइको गाडी दुवैले रमाइलो अनुभव गर्न सक्नु पर्छ । यो मौसममा गाडीलाई चुस्त राख्न र ड्राइभिङ गर्दा सावधानी अपनाउन आवश्यक छ ।

सर्भिसिङ – बर्षात प्रारम्भ हुनु भन्दा पहिले नै आफ्नो गाडीलाई एक पटक सर्भिसिङ गराउनु आवश्यक हुन्छ । बर्षातको समयमा अक्सर गाडीहरुको इन्जिन बन्द हुन्छ । यो अवस्थामा गाडीमा पहिले नै केही समस्या छ भने यो समस्या अझ बढ्न जान्छ ।

टायर, वाइपर र ब्रेकको जाच – बर्षातको समयमा सडक चिप्लो भएको हुन्छ । यो अवस्थामा टायर खिइएको छ भने अझै खतरनाक हुन्छ । टायर परिवर्तन गर्ने उपयुक्त समय यही हो । गाडीको ब्रेकले पनि राम्रो काम गर्छ वा गर्दैन, जा“च गर्नु पर्छ । यो अवस्थामा नया ब्रेक शु लगाउनु उपयुक्त फैसला हुन्छ । बर्षातको समयमा वाइपरको काम महत्वपुर्ण हुन्छ । यदि यसको रबर खिइएको छ भने नया“ वाइपर राख्नु आवश्यक हुन्छ । खिइएको रबर भएको वाइपरले गाडीको सीसालाई क्षति पु¥याउन सक्छ ।

सफाइमा ध्यान – बर्षातको समयमा सबैभन्दा दुश्मन नै बाहिरको फोहोर हुन्छ । बाहिरवाट यात्रा गरेर आए पछि कारको वाहिरतिर लागेको फोहोरलाई धोएर सफा गर्न सकिन्छ । तर फोहोर बाहिर मात्र हुदैन । बर्षातको समयमा धेरै जसो स्थानमा फोहोर जमेको पाइन्छ । त्यही फोहोर जुत्ता वा शरिरका अन्य भागमा लागेमा कारको भित्री भागमा समेत पुग्छ । यसवाट बच्नका लागि कारमा राखिएको फुट म्याटको मािथतिर कुनै जुटको बोरा वा दरी जस्ता कपडा राख्न सकिन्छ । यसलाई पछि हटाउदा भित्री भाग सफा नै हुन्छ । यदि तपाइ बाहिर भिजेर आउनु भएको छ भने सिटमा बस्नु भन्दा पहिले त्यहा कुनै पुराना कपडा वा तौलिया राख्न सकिन्छ । यसले गर्दा सिट भिज्न पाउदैन ।

ड्राइभिङमा ध्यान – बर्षातको समयमा सबैभन्दा ध्यान पु¥याउनु पर्ने पक्ष ड्राइभिङ हो । नियन्त्रित गतिमा आफ्नै लेनमा होसियारीपुर्वक ड्राइभिङ गर्नु पर्छ ।

ओभर स्पिड नियन्त्रण – बर्षातको समयमा गाडी विस्तारै चलाउनु पर्छ । यसको अर्थ गाडी आफ्नो नियन्त्रणमा हुनु पर्छ । बर्षभरमा जति पनि तेल सडकमा चुहिएको हुन्छ, ती सबै सडकमा जमेर बसेको हुन्छ । उक्त तेलका कारण बर्षातको समयमा सडक चिप्लो बनेको हुन्छ । यो अवस्थामा स्पिड बढी भयो भने गाडीलाई नियन्त्रण गर्न सकिदैन । त्यसैले गाडी नियन्त्रित गतिमा चलाउनु पर्छ र वाहिर कतै निस्कदा अलि बढी समय लिएर निस्कनु पर्छ ।

लेन ड्राइभिङ – बर्षातको समयमा भिजिविलिटी कम हुन्छ । यसले गर्दा पछिल्तिर आइरहेको गाडीले अगाडी नदेखेको हुन सक्छ । यो अवस्थमा पटक पटक लेन परिवर्तन गर्नु खतरनाक हुन सक्छ । यदि सडक खराब छ भने वीचको लेनबाट जानु उपयुक्त हुन्छ । यसो भएमा छेउमा भएका खाल्डाखुल्डीमा फस्ने सम्भावना कम हुन्छ । तीब्र रुपमा बर्षात भइरहेको छ भने कुनै बस वा ट्रक जस्ता हेभी सवारी साधनको पछिल्तिर निश्चित दुरीमा चलाउनु सुरक्षित हुन्छ ।

ब्रेक लगाउदा सावधानी – बर्षातको समयमा अन्य दिनको तुलनामा केही समय पहिले नै ब्रेक लगाउनु सुरक्षित हुन्छ , जसले गर्दा गाडी रोकिनका लागि प्रसस्त ठाउ होस् । यो अवस्थामा एकदमै जोडस“ग ब्रेक लगाउनु हुदैन । यसो भएमा गाडी उछिट्टिने सम्भावना हुन्छ ।

गाडी चिप्लन थालेमा – कुनै अवस्थामा गाडीमा नियन्त्रण गुमेको महसुस भएमा आत्तिएर अचानक ब्रेक लगाउनु हुदैन । यसो भएमा सडक र टायरका वीचमा घर्षण हुदैन र गाडी चिप्लन थाल्छ । यो अवस्थामा स्टेयरिङको सहायताले गाडीलाई सीधा राख्ने प्रयास गर्नु पर्छ । त्यसपछि विस्तारै ब्रेक पेडललाई थिचेर गाडीलाई नियन्त्रणमा राख्नु पर्छ ।