ओलीले राजिनामा नदिने

154

काठमाडौँ, २८ असार – प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्ने निश्चित भएपनि राजीनामा भने नदिने मुडमा छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले प्रधानमन्त्रीले राजीनामा नदिने बताए । प्रधानमन्त्री संसदबाट निर्वाचित भएकाले उनलाई संसदले नै हटाउन सक्ने भन्दै सल्लाहकार दाहालले अहिले राजीनामा दिने कुरै नआउने बताए ।

माओवादीले ९ बुँदे र भद्र ३ बुँदे कार्यान्वयन गर्न ओली इमान्दार नभएको भन्दै आज समर्थन फिर्ता लिएको पत्र राष्ट्रपति कार्यालय, सभामुखको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमा बुझाइसकेको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछिको परिस्थितिका बारेमा छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले साँझ छ बजे स्थायी समिति बैठक बोलाएको छ ।

माओवादीले समर्थन फिर्ता लिएपछि कसरी अघि बढ्ने भन्नेरबारेरमा छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।