काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री : माओवादी केन्द्र

318

काठमाडौँ, २८ असार – नेकपा माओवादी केन्द्रले प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउन नेपाली कांग्रेसले पत्र दिइसकेको जनाएकोछ ।

सरकारबाट बाहिरिए पछि सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सो जानकारी दिएका छन् । केन्द्रका अनुसार अब प्रचण्डको नेतृत्वमा कांग्रेस सहितको नयाँ सरकार बन्ने भएको छ ।

कांग्रेससँग नयाँ सरकार गठन गर्ने बिषयमा समझदारी भैसकेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै बैठकमा महराले सरकार अल्पमतमा भएकोले प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु पर्ने बताएका छन् ।

प्रचण्डले केही समय प्रधानमन्त्री चलाउने र त्यसपछि देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी कांग्रेससँग छलफल अघि बढेको माओवादी नेताहरुले बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्ड र नारायणकाजी भने उपस्थित थिएन् ।

यस अघि केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएको पत्र :

Maoist2