नयाँ आन्दोलनको तयारीमा संघीय गठबन्धन

204

काठमाडौँ, २८ असार – विगत केहि महिनादेखि काठमाडौं लगाएत देशका विभिन्न भागमा आन्दोनल गर्दै आएको संघीय गठबन्धले नयाँ आन्दोलनको तयारी थाल्न लागेको छ ।

आज काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बस्ने बैठकमा आन्दोलनको स्वरुपका विषयमा छलफल हुनेछ ।

अबको आन्दोलनलाई कसरी अगाडि बढाउने, नयाँ आन्दोलनका स्वरुप कस्ता राख्ने विषयमा बैठकमा छलफल हुने संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

संघीय गठबन्धनको रिले अनशन असार ३२ गतेदेखि सक्किँदैछ । अबको आन्दोलनलाई कुनै किसिमले चलाउने भन्नेमा गठबन्धनले निर्णय गर्नेछ ।