सकारात्मक सोच सम्बन्धी दुई दिने तालिम सम्पन्न

201

वीरगन्ज, २८ असार – वीरगन्ज २५ असार बीरगंज उपमहानगरपालिकाको सहयोग र अक्का नेपालको सहयोगमा संचालीत दुई दिने वालवालिकाकालाागि दुई दिने सकारात्मक सोच सम्बन्धी तालिम मंगलवार समापन भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजीत तालिम समापन समारोहमा नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष अनुप तिवारीले नकारात्मकतालाई त्याग गर्नु पर्ने बिचार ब्यक्त गरे । उनले पत्रकारितामा पनि आफैहरुले सकारात्मक पत्रकारिताको अभ्यास सुरु गरेको बताए । सकारात्मकताले बिकासलाई बढवा दिने बताउदै उनले नकारात्मक सोचले प्रगतीलाई रोक्ने बताए ।

कार्यक्रममा शहरी शासन बिज्ञ बिटु श्रीवास्तवले वालवालिकाले गर्ने कामलाई नकारात्मक रुपमा टिप्पणी गरेर दुरुत्साहन नगर्न अभिभावकहरुलाई आग्रह गरे ।

उनले राम्रो कामको प्रशंसा गर्दै थप राम्रो गर्न उत्प्रेरीत गर्न’ पर्ने बिचार ब्यक्त गरे । दुई दिन सम्म संचालन भएको तालिममा बिटु श्रीवास्तव, नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष के.सी. लामिछाने र दिब्य युवा क्लवका कार्यक्रम प्रमुख रामाकान्त पटेलले सकारात्मक सोच, वालअधिकार र बिपद ब्यवस्थापनमा प्रशंसनीय खोजका प्रयोगका सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा नेपाल शिक्षक महासंघ पर्साका सह अध्यक्ष चन्देश चोहान, अरुणोदययुवा क्लवका महासचिव सरोज पंडित सहभागीहरुको तर्फबाट प्रिया मिश्र लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम अक्का नेपालका अध्यक्ष शिवनारायण साहको अध्यक्षता र बिशाल मिश्रको संचालनमा सम्पन्न भएको थियो । तालिममा नगर वाल क्लब संजालका पदाधिकारी सदस्यहरु र बिभिन्न सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।