सरकार छाड्दै माओवादी केन्द्र, मन्त्री फिर्ता बोलाउने तयारी

316

काठमाडौँ, २८ असार – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले मंगलबार यस्तो निर्णय लिएका हुन् ।

माओवादी केन्द्रले मंगलवार मन्त्रिपरिषद्बाट आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने तयारी गरेको स्रोतहरुले दाबी गरेका छन् । एमालेले नौ बुँदे लिखित र तीन बुँदे भद्र सहमति पालना नगरेको भन्दै उसले मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको हो । माओवादीको एक स्रोतले यो कुराको पुष्टि गर्दै भने, ‘आज एक पत्रकार सम्मलेन बीच हामि यस निर्णयको घोषणा गर्ने छौ ।

माओवादी केन्द्र स्रोतका अनुसार प्रचण्ड मंगलवार नै प्रधामन्त्री केपी ओलीलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारीमा छन् । राष्ट्रिय सरकारको पहलका लागि भन्दै माओवादीले आफ्ना मन्त्री फिर्ता गर्न लागेको बताएको छ ।

योसँगै एमाले–माओवादी गठबन्धन भत्कनेछ र नयाँ गठबन्धनका लागि औपचारिक बाटो खुल्नेछ । यसैबीच, काँग्रेस र माओवादीबीच नयाँ गठबन्धनका लागि करिब करिब सहमति बनेको छ । यसैबीच, मंगलबार माओवादी केन्द्रका मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।