आर्थिक वर्षको वार्षिक बजेट आज पारित हुने

227

काठमाडौं, २९ असार – आर्थिक वर्ष २०७३/०७४ को वार्षिक बजेट आज पारित हुने भएको छ । बजेटसँग सम्बन्धित तीनवटा विधेयक पारित भएपछि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको पूर्ण बजेट पारित हुनेछ ।

आज बिहान ११ बजे बस्ने बैठकमा बजेट पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ । त्यस्तै आजको बैठकमा थप अरु विधेयक पनि पेश हुनेछन् । यातना तथा अपमान विरुद्धको विधेयक पनि संसदमा पेश हुने संसद सचिवालयले जनाएको छ ।