घट्यो सुनको भाउ

194

काठमाडौँ, २९ असार – आज बुधबार सुनको भाउ २ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन आज ५८ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढिरहेको चाँदीको भाउ भने आज पनि स्थिर छ। आज चाँदी ९ सय १५ रुपैयाँमै कारोबार भएको छ।

चाँदीको भाउ ९ सय १५ रुपैयाँ २ वर्ष ९ महिनायताकै महँगो हो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्यमा ठूलो वृद्धि देखिएकाले सोअनुसार मूल्य समायोजन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बेलायत युरोपियन युनियनबाट बाहिरिएपछि महँगिएको सुनचाँदीको भाउ घट्न सकेको छैन।