प्रधानमन्त्रीले राजीनामा नदिए माओवादी केन्द्रले बजेट पारित हुन नदिने

176
काठमाडौँ, २९ असार – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए बजेट पास गर्न नदिने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिने तयारी गरेको भन्दै केन्द्रले बजेट पारित हुन नदिने तयारी गरेको हो ।
यसबारे आधिकारिक धारणा तय गर्न केन्द्रको पार्टी संसदीय दलको बैठक अहिले बसिरहेको केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । भूसालले भनिन्, “प्रधानमन्त्रीले राजीनामा नदिए बजेट पारित हुन दिँदैनौं ।”
बुधबार बस्ने व्यवस्थापिका संसद बैठकमा केन्द्रले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने भएको छ । मंगलबार केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता दिएको घोषणा गरेको थियो ।