राेड मर्मतमा अनियिमतता काे अाराेप

1292

सेढवा २९ असार ग्रामिण सडक मर्मत कार्य गुणस्तरीयहिन भएको स्थानियले बताएका छन। जिल्ला बिकास कार्यालय पर्साको आर्थिक लगानीमा बाटो मर्मत गरिने ठेक्का दिईएका थिए। बीरगंज ठोरी सडकखण्ड अन्तर्गतका सेढवादेखि जीतपुरको परस्वासम्मको ११५० मिटर सडक मर्मत गरिएका छन। मर्मतको जिम्मा अंकृत कन्ट्रक्शन कम्पनीलाई ठेक्का दिइएका थिए। योजना अनुसार बाटोमा माटो पुरी ७५% गिटी र २५% बालुवा मिसिएका ग्रेभल ४.५ मिटर चौडाईमा ४.५ ईन्च मोटाई राखी रोलरले सम्म गरि मर्मत गर्नुपर्ने योजना छ । ठेकदार कम्पनीले २०% गिटी मिसिएका ग्रेभल आवस्यकता भन्दा निकै कम प्रयोग गरेका स्थानियले गुनासो गरेका छन। उनीहरूका अनुसार बाटोको अधिकाशं भागमा पुरानै बाटो खनी ढुगालाइ ट्याक्टरले उत्खनन् गरी पुन: सोही बाटोमा प्रयोग गरएका गुनासो गरेका छन।