उपमहानगरपरिसर सीसी क्यामराको निगरानीमा

168
सिसी क्यामरा

बीरगंज ३० असार – तपाई बीरगंज उपमहानगरपालिका जादै हुनुहुन्छ । बिचार पुर्याउनु होला । तपाईका सबै गतीबिधिहरु सीसी क्यामराको निगरानीमा हुन्छ । बीरगंज उपमहानगरपालिकाले उपमहानगर परिसरमा सिसि क्यामरा जडान गरेको छ । आफनो परिसर बिभिन्न कार्यकक्षमा गरि १४ स्थानमा सीसी क्यामरा जडान गरिएको कम्प्युटर शाखा प्रमुख अशोक श्रेष्ठले बताए ।

सबै क्यामराको कन्ट्रोल चाही कार्यकारी प्रमुको कार्यकक्षमा राखिएको छ । कार्यकारी बिष्णु कोइराला आफनो कार्यकक्षमा भेट्न आउने बिभिन्न संघ संस्थाका आगन्तुकहरुलाई आफना कर्मचारीहरुले कसरी काम गरिरहेका छन भन्ने कुरा आफनो कार्यकक्षमा भएको मोनीटरबाट देखाइहाल्छन । सीसी क्यामरा जडान भएपछि को आयो को गयो । सवारी साधनहरु कसरी संचालन भएका छन । कर्मचारीहरु काममा ब्यस्त छन की छैनन भन्ने कुरा क्यामराबाट देखिने भएपछि काममा प्रभावकारिता आएको उपमहानगर प्रमुख कोइरालाको बुझाई छ ।

उपमहानगर प्रवेश गरिने दुबै प्रवेशद्वार लक्षीत गरेर परिसर सबै क्यामपरामा कैद हुने ब्यवस्था गरिएको कम्प्युटर शाखा प्रमुख श्रेष्ठले बताए । २ लाख ५ हजारको लागतमा क्यामरा जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरको राजस्व शाखा बाहेक अन्य शाखामा क्यामरा जडान नभएको एक कर्मचारीले बताए ।

13709722_1430242730326353_680290999_o
निर्माण हुदै गरेको गाडीहरु पार्किङ गरिने भवन

त्यसैगरि उपमहानगरले बैठक कक्षलाई मरमत गरेर वतानुकुलीत बनाएको छ । दश लाख रुपैयाको लागतमा बैठक कक्ष मरमत गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले १ करोड ३२ लाखको लागतमा बारुणयन्त्र लगायतका गाडीहरु पार्किङ गर्ने भवन पनि बनाएको छ । बारुण यन्त्र चलाउने कर्मचारीहरुको ब्यारेक र कार्यालय सहित गाडीहरु राख्ने भवन निर्माण गरिएको उपमहानगर प्रमुख बिष्णु कोइरालाले बताए ।