पहिलो चरणको खेलमा बागमती ९६ रनले बिजयी

305

वीरगंज ३० असार – मध्यमाञ्चल खेलकुद बिकास समिति वीरगंजको आयोजना एवं जिल्ला खेलकुद बिकास समिति पर्साको बिशेष सहयोगमा बिहिवार देखिबीरगंजमा राष्ट्रिय महिला क्रिकेट छनौट प्रतियोगिता शुरु भएको छ ।

बिहिवार भएको पहिलो चरणको छनौट प्रतियोगितामा बागमती अञ्चल ९६ रनले बिजयी भएको छ । टस जिती व्याटिङ्ग राजेको बाग्मतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य पाएको नारायणीले २० ओभरमा ५ बिकेटको क्षतीमा ८१ रन मात्र बनाउन सकेको थियो । बाग्मतीको जीतमा अस्मिता खरेल २८ ,कन्चन श्रेष्ठ ३०, शरदा वाग्ले १९ , रबिना भण्डारी १३ ,सन्ध्या केसी १४ र सजनी श्रेष्ठले १० रनको सानदार पारी खेलेका थिए भने अस्मिना कर्मचार्य र सजनी श्रेष्ठले २ र रबिन्दा बिसंखेले १ बिकेट लिएकी थिइन ।

यसैगरी नारायणीका सीता श्रेष्ठ २८ र रचना अर्यालले १३ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेका थिएन । नारायणीका पुनीमा घिसिंग, सानुमाया तमाङ्ग र सावित्री प्रजाले एक एक बिकेट लिएका थिए ।

वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा शुरु छनौट प्रतियोगिता भोली सम्म चल्ने आयोजकले जनाएको छ । छनौट प्रतियोगितामा मध्यमाञ्चलका नारायणी,बागमती र जनकपुर अञ्चलका ४२ जना खेलाडीहरु सहभागि रहेको जिल्ला खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेलले बताए ।

आँउदो अगस्तमा हंकगमा हुन लागेको महिला वल्र्ड कप क्रिकेट क्वालिफायर (छनौट) प्रतियोगिताको लागि यो प्रतियोगिता संचालन गरिएको र हंकगमा हुने छनौट प्रतियोगिताबाट नै महिला क्रिकेट वल्र्डकप खेल्ने राष्ट्रको टुंगो लाग्ने भएकोले तल देखि नै राम्रो खेलाडी छनौटमा बिशेष ध्यान दिइएको अध्यक्ष पौडेलले बताए ।

मध्यमाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष मानदेव हजारको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा अन्र्तराष्ट्रिय ईम्पायर एवं क्रिकेट कोच शतिश सिंह ईम्पायर हिरालाल राउत , रिर्जभ स्कोरर बासुलाल कर्ण, स्कोरर निरज झा लगायतको उपस्तिथि रहेको थियो ।