अविस्वासको प्रस्ताव पास नभए सम्म माओवादीले बजेट पास गर्न नदिने

197

काठमाडौं, ३१ असार – नेकपा माअ‍ेवादी केन्द्रले कपी ओली सरकारका विरुद्ध प्रस्ताव गरिएको अविस्वासको प्रस्ताव पास भएपछि मात्र मात्र बजेट सम्बन्धी विधेयक पास गर्ने निर्णय गरेको छ ।

शुक्रबार पुष्प कमल दाहाल ‘ प्रचण्ड ’ निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रको कार्यलयको बैठकले उक्त निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जनाकारी दिइन ।

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको छ ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बुधबार नै संसदमा केपी ओली सरकारका विरुद्ध अविस्वसको प्रस्ताव दर्ता गराएका छन् ।