खर्च गर्ने ठाउमा महिलाहरुलाई राख्न माँग

157

बीरगंज ३१ असार
बीरगंज उपमहानगरपालिले वडा नं ३० उदयपुर घुर्मीकालागि चालु आर्थिक वर्षकालागि ५२ लाख रुपैया बिनियोजन गरेको छ । बीरगंज उपमहानगरपालिकाले शुक्रवार वडा नं ३०को जसौलीमा आयोजना गरेको सार्वजनीक सुनवाई कार्यक्रममा बिकास निर्माणका कामकालागि बिनियोजीत रकम बारे जानकारी दिइएको हो ।
जसौली टोलमा नाला बाटो निर्माणकोलागि ५ लाख,नहरदेखी मस्जिद सम्म नाला तथा वाटो निर्माणमा ७ लाख गढीमाई मन्दीर देखी वडा कार्यालय सम्म नाला र बाटो निर्माण ८ लाख दलीत सामुदायीक भवन निर्माणकालागि ५ लाख नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयकोलागि ५ लाख र बिशेष कार्यक्रम अन्र्तगत २० लाख रुपैया उपमहानगरले बिनियोजन गरेको छ ।
बिकास निर्माणकालागि बनाइने उपभोक्ता समितिमा महिलाहरुलाई राख्नु पर्ने माग गर्दै स्थानीय हसमुन नेसाले भनिन“२० लाखको काम गर्दा १० लाख मात्र खर्च गर्ने परिपाटी छ त्यसलाई अत्य गर्न महिलाहरुलाई पनि खर्च गर्ने ठाउमा राख्नु पर्छ । कार्यक्रममा उपमहानगरपालिकाका योजना प्रमुख प्रकाशमान अमात्यले जनताको सहभागिताका बिकासका काम सम्पन्न गरिने जानकारी दिए ।13714478_1431121393571820_156302887_n जनताले बाटो बिजुली नाला निर्माणको माग गरेका थिए । योजना प्रमुख अमात्यले जनताको माग अनुसारको जसौली गाउ प्रवेशमा रहेको सडक सात दिन भित्र माटो पुरेर हिड्न योग्य बनाउने कवुल गरे । उनले यस पटक बिशेष योजना अन्र्तगतको २० लाख रुपैया जसौली गाउमा खर्च गर्ने जानकारी दिदै जनतालाई राम्रो योजना बनाउन आग्रह समेत गरे । कार्यक्रममा महिला स्वयसेवकहरुले कुनै पनि सेवा र सुविधा नपाएको भन्दै गुनासो गरेका थिए । एलानी जमिनमा घर बनाएर बसेका गरीव जनताले सार्वजनीक सुनवाईमा लालपूर्जा माँग गरेका थिए । कार्यक्रममा वाल क्लवका पदाधिकारीहरुले लक्षीत वर्गकालागि बिनियोजन हुने रकमको बारेमा सोधखोज गरेका थिए । उनीहरुले सीपमुलक तालिम,क्षमता अभिबृद्धि र खेलकुदका सामाग्री माग गरेका थिए । उनीहरुको जिज्ञासाको जवाफ दिदै उपमहानगरका सामाजिक बिकास महाशाखाका प्रमुख सनिल कर्णले क्लवले निर्णय गरेर माग गरेमा उपमहानगरपालिकाले त्यसमा निर्णय गर्ने जानकारी दिए । वडा सचिव जौवाद राउत गद्धीले वडा भित्रका ५ वटै टोलमा सडक बत्ती जडान गरिने प्रतिवद्धता जनाएका थिए । प्रकाशमान सिंह अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महेश अर्यालले गरेका थिए । कार्यक्रममा मुकेश गुप्ता सामाजिक परिचालक संगीता कर्ण सहित स्थानीय नागरिकको सहभागिता रहेको थियो ।