महिला क्रिकेट खेलाडी छनौट

288

वीरगंज,३१ असार ÷
मध्यमाञ्चल खेलकुद बिकास समिति वीरगंजको आयोजना एवं जिल्ला खेलकुद बिकास समिती पर्साको बिशेष सहयोगमा बिहिरबार देखि शुरु राष्ट्रिय महिला क्रिकेट छनौट प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । वीरगंज स्थित नारायणी रंगशालामा संचालित छनौट प्रतियागिताबाट चार वैकल्पिक खेलाडी सहित १८ जना खेलाडीलाई छनौट गरिएको छ । छनौट टोलीले बाग्मती बाट सात , जनकपुरबाट पाँच र नारायणीबाट दुई गरी १४ खेलाडी छनौट गरेको छ । यसैगरी टोलीले नारायणी बाट दुई, जनकपुरबाट एक र बाग्मतीबाट एक खेलाडी गरी चार जना खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा समेत छनौट गरेको छ ।
बागमतीका कोच सामसुगंजगं थापा , नारायणीका कोच प्रकास शार्मा र नेहाल अहम्द र जनकपुरका कोच निरज कार्की सम्मिलित छनौट टोलीले बाग्मती अञ्चलबाट कन्चन श्रेष्ठ, रबिना भण्डारी, अस्मिता खरेल, अस्मिना कर्मचार्या, शरदा वाग्ले, आरती बिडारी, गीता चुडाल, जनकपुर अञ्चलबाट शोभा आले, रोजी भण्डारी, बिमल मगर, मनिशा आले, स्वास्तिका टोलेंगा ,नारायणी अञ्चलबाट सीता श्रेष्ठ र रचना अर्याल छनौट गरेको छ । यसैगरी जनकपुरबाट अनु कार्की, बागमतीबाट सजनी श्रेष्ठ ,नारायणी अञ्चलबाट सानुमाया तमांग र ममता चौलागाई लाई बैकल्पिक खेलाडीको रुपमा छनौट गरिएको जिल्ला खेलकुद बिकास समिती पर्साका अध्यक्ष सुदिप पौडेलले जानकारी दिए ।
। दुई दिन सम्म संचालन भएको प्रतियोगितामा मध्यमाञ्चलका नारायणी,बागमती र जनकपुर अञ्चलका ४२ जना खेलाडीहरुले सहभागिता जनाएको अध्यक्ष पौडेलले बताए ।