चतुर मधेशवादी नेताहरु

521

राजनीतिमा पनि “खाने पिउने राम चोट पाउने श्याम” को नीति लागु हुन्छ । अव हेर्नुस न २०६३ को मधेश आन्दोलनका शहिदहरुको आँसु सुक्न नपाउदै “आँव देखा न ताँव” मधेशसवादी दलहरुले २०७२ को मधेश आन्दोलन गरेर ५० भन्दा बढी नेपालीहरुलाई शहीद बनाईदिए ।

२०६३ को मधेश आन्दोलनको शहिदको आत्माले शान्ति नपाए पनि चार दर्जन भन्दा बढी मधेशी नेताहरुले मंत्री र अन्य महत्वपूर्ण पद पाए,कुस्त कमाए । अब २०७२ को मधेश आन्दोलनमा कुन कुन मधेशवादी नेताहरुले के के आश्वासन पाए त्यो भोलीका दिनमा थाहा भइहाल्छ । पटके मधेश आन्दोलनले शहिदको संख्या थप्ने शहिदको घर परिवार वर्वाद हुने मधेशका मसिहाहरुको “दिन दुई गुना रात चौगुना ” हुने क्रम मात्र जारी रहनु ठिक हुदैन ।

२०७२ मधेश आन्दोलनको मध्य गर्मीमा वर्षातमा र जाडोमा रक्सौल नाकामा नाकाबन्दी गर्ने थुप्रै कार्यकर्ताहरु गर्मी र जाडोले थला परे ।दुःख पाए । अहिले मधेश आन्दोलन राजधानी उक्लिएको छ । चतुर नेताहरुले उखरमउलो गर्मी छल्दै राजधानीको चिसो बतासको लुफ्त उठाउदै नेताहरु मत्र सिमति आन्दोलन गरिरहेका छन ।

सिमति नेता र समिति आन्दोलनकारी कार्यकर्ता सिमित दर्शक र सिमित मान्छेहरु अनी समिति सुनवाई सहितको राजधानीको भोक हडतालले राजधानीबासीलाई तनिक पनि प्रभाव पार्न सकेको देखिदैन ।उल्टै राजधानीवासी प्रश्न गर्छन “मधेशमा अचाक्ली गरे भन्ने आरोप खेपेका यिनीहरु राजधानीको खुलामंचमा सिमित र शान्त छन मधेशमा सुरक्षाकर्मीलाई ढुङ्गा हान्ने ,पत्रकारहरुलाई हातपात गर्ने,साम्प्रदायीक भाषण गर्ने शायद यिनीहरु हैनन की ?” राजधानीमा पछिल्लो पटक मधेशका नेताहरुले यस्तो छाप बनाएका रहेछन ।

सबै जसो मधेशवादी नेताहरुको राजधानीमा आलिशान महल छ । महल नहुनेले सुबिधा सम्पन्न घर बहालमा लिएका छन । प्राय ः सबै संग गाडी छ । खर्च गर्न शान्दार होटेल छन । रमाइलो गर्ने प्रशस्त साधन छ । राजधानीको चीसो मौसम छ । अनि आन्दोलनका नाममा खुलामंचमा अनशन बस्नु र बसाउनु कुन ठुलो कुरा भो र ?

मधेशमा आन्दोलन गर्दा शहिदको संख्या बिशाल भएकै छ । अव काठमाण्डौको चीसोमा खसवादी ओली प्रचण्ड वा देउवाहरुसंग “गिभ एण्ड टेक” गरेर आनदोलनको इतिश्री गर्न मात्र बाँकी छ ।

इताका चतुर नेताहरु पद र पैसाकालागि भोका छन भन्ने हामी मधेशमा बस्नेलाई भन्दा अरु कसलाई थाहा होला ?मधेशकै हित गर्ने भए टुट फूट र च्याउ उम्रे जसरी मधेशी दिल किन मौलाउथे र ?

“लाटो खान्छ एक बल्डयाङ बाठो खान्छ तीन बल्डयाङ” भने झै दोश्रो संविधान सभामा मधेशका मतदाताले यिनीहरुलाई “चारोखाना चीत” गर्दा पनि नानी देखी लागेको यिन्को बानीमा सुधार देखिदैन ।अझै पनि यि चतुर नायकहरुले “बाप वडा भैया सबसे बडा रुपैया” गर्ने हो भने मधेशवाट यिनको पत्ता साफ हुन बेर लाग्दैन ।

त्यसै पनि राजधानी पुगेर कमजोर थकित र मत्थर देखिएको मधेश आन्दोलनलाई क्यास गर्न र जस लिन नेपाली कांग्रेस ज्यान फालेर लागेको कुरा मधेशका नायकहरुले बुझेर समेत बुझ पचाउनुको थुप्रै रहस्य छन ।“मरता क्या नही करता” भन्ने उखान नै छ ।

त्यसैपनि मधेशकेन्द्रीत दलहरु कांग्रेसको काखलाई र ओलीको पोल्टा भन्दा सुरक्षीत ठान्छन ।सब भन्दा ठुलो कुरा त के छ भने नेपाली मिडियाको सहयोग र सक्रियताले गर्दा मधेशका जनताले राजधानीको आन्दोलन बारे थोर बहुत जानकारी पाइरहेका छन ।

सरकारले यिन्को आनदोलनलाई सुन्या नसुन्यै देख्या नदेख्यै गरे पनि राजधानीका मिडियाकर्मीले यिन्को दर्द देख्या र सुन्या छन । र त तपाई हामीले मधेश आन्दोलन जारी छ भनेर सूचना पाइरहेका छौ ।

उखानै छ “चिन्ता से चतुराई घटे” तर्सथ चतु¥याई त्यागेर वास्तविकताको धरातलमा उभिएर लोभी पापी भावना त्यागेर शहिदलाई सम्झिएर कार्यकर्ताको त्याग र बलिदानलाई मूल्याकंन गरेर मधेशकानेताहरुले अगाडि बढ्न जरुरी छ । नत्र टंक प्रसाद आचार्यको प्रजा परिषदको नियती भोग्नु नपर्ला भन्न सकिन्न ।