डाक्टरी पास गराउने भन्दै पैसा असुल्ने दुई जना पक्राउ

1089

वीरगन्ज १ साउन – दार्चुलाका अस्मित सिंह र जनकपुरका राहुल कुमार ठाकुरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बीरगंजका दुई जना बिद्यार्थीले दिएको उजुरीको आधारमा पक्राउ गरिको पर्सा प्रहरीले जनाएको छ । एमबीबीएस र दुतावासको छात्रावृत्ति परिक्षामा पास गराइदिने प्रलोभन दिएर पैसा ठगेको भन्दै उनीहरु बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी परेको थियो ।

त्रिचन्द्र कलेजमा माइक्रोब्योलोजी चौथो वर्षमा अध्ययनरत दुबैलाई प्रहरीले शुक्रवार साँझ काठमाण्डौबाट पक्राउ गरेको हो । गत असारमा वीरगन्ज नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षको परिक्षा दिएका अभय सर्राफलाई एक अपरिचित नम्बरबाट फोन आयो । फोन गर्ने उनै अस्मित सिंह रहेछन । सिंहले भनेजति रकम दिए परिक्षामा पास गराइदिने आश्वासन दिए । उनीहरुवीच फोन सम्वादमै सहमती भयो ।

फोनकै भरमा भएको सहमती अनुसार सर्राफले गत असार १६ गते ग्लोबल आएमई बैंकबाट अस्मित सिंहको खातामा १० हजार रुपैया हालेका थिए । सिंहले प्रति बिषय १६ हजार रुपैया दिए सबैमा पास गराईदिने बताएका थिए । सर्राफले भने एउटा मात्र बिषय कमजोर भएकोले बनेको सहमती अनुसार १० हजार मात्र पठाएका थिए ।

उनै सिंहले वीरगन्जको छपकैया निवासी २२ वर्षीय निखिल गुप्तालाई भारतीय दुतावासको छात्रावृत्ति मिलाईदिने आश्वासन दिएका थिए । दुतावासमा छात्रबृत्तिको लागि दिएको परिक्षामा पास गराउनकालागि सिंहको समुहले डेढ लाख रुपैया मागेकोे गुप्ताले दिएको उजुरीमा उल्लेख छ । सर्राफले पनि आफू ठगिएको महशुस गरेपछि प्रहरीमा उजुरी गरेको बताए ।

सर्राफ र गुप्तालाई फोन गरिएको मोवाइल नम्बर एकै रहेको प्रहरीले जनायो । सिंहको समुहले पैसा नदिए फेल गराईदिने भन्दै धम्की समेत दिने गरेका रहेछन पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले भने “ दुबै माथि मिहिन रुपमा अनुसन्धान गरिरहेका छौ ” ।

पक्राउ परेकाहरुले आफूहरुले सिद्धार्थ नाम गरेको ब्यक्तिको योजना अनुसार काम गरेको बयान दिएका छन