विभिन्न निर्णयहरु गर्दै नेपाल प्रेस युनियन पर्सा शाखाको दोश्रो बैठक सम्पन्न

206

वीरगंज श्रावण १

नेपाल प्रेस युनियन पर्सा शाखाको गत जेष्ठ १३ गते सम्पन्न सातौं जिल्ला अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको दोश्रो बैठक आज वीरगंजमा सम्पन्न भएको छ । पर्सा शाखाका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा बसेको दोश्रो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले शाखाका नयाँ कार्यसमितिका सदस्यहरुलाई नेपाली कांग्रेस निकट भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुबीच गरिने भनिएको परिच्यात्मक शुभकामना आदान प्रदान कार्यक्रम श्रावण मसान्त भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले आगामी दिनहरुमा पर्सेली पत्रकारहरुको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरु समेत गर्ने निर्णय गरेको छ साथै बैठकले प्रेस युनियन पर्साका सचिव उदय दास र कोषाध्यक्ष राम कुशवाहालाई शाखाका साधारण सदस्य एवम पार्षदहरुको नविकरण कार्य समयमै सम्पन्न गर्न आवश्यक जिम्मेवारी दिएको सहसचिव निलिमा पौडेलले बताएकी छिन् । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेश विभाग प्रमुख विजय कुशवाहा र पर्सा शाखाका सल्लाहकार पुरुषोत्तम सिंह भट्टराईको विशेष उपस्थितिमा बसेको बैठकमा प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहान, सचिव उदय दास, सहसचिव निलिमा पौडेल, कोषाध्यक्ष राम कुशवाहा, सदस्यहरु श्याम कुशवाहा, दिपक ठाकुर, प्रकाश तिवारी, हेमन्त तामाङ्ग, मनोज साह लगायतको उपस्थिति रहेको थियो ।