असारे काम गुणस्तरीय भएन पैसा लागेपनि जनतालाई सास्ती

577

बीरगंज २ साउन – पर्साको सेढवादेखी जीतपुर सम्मको ११ सय ५० मिटर लामो सडकको मरम्मतमा गुणस्तरीय काम हुन नसकेको निर्माण र अनुगमन गर्ने दुबै पक्षले स्वीकार गरेका छन । करिव १२ लाखको लागतमा मरम्मत हुने सडक टेण्डर प्रक्रियामा जादा अंकीत कन्ट्रक्शनले ५६ प्रतिशत बिलो गएर ठेक्का कबुल गरेको थियो । ८ सय मिटर लामो सडक मरम्मत गर्नुपर्ने थियो । कम अंकमा ठेक्का कवुल गरे पनि निर्माण कम्पनीले ११ सय ५० मिटर लामो सडक मरम्मतको काम गरेको हो ।13770400_303635823317003_3482497679920257754_nनिर्माण पक्षले ७५ प्रतिशत गिट्टी र २५ प्रतिशत बालुवा मिसिएको ग्राभेल प्रयोग गर्नु पर्नेमा त्यस्तो नगरिएको अंकीत कन्ट्रक्शनका संचालक सुरेश पटेलले बताए ।

उनले काम भइरहेकै अवस्थामा गिट्टी बालुवाको निकासी रोकीएकोले गुणस्तरीय काम हुन नसकेको स्वीकार गरे । साढे ४ मिटर चौडाई र साढे चार ईन्च मोटाई ग्राभेल राखेर माटो र पानी हाली रोलर गर्नुपर्नेमा त्यसो हुन नसकको उनको भनाई छ । माटो हाल्नु पर्ने थियो वर्षात भएकोले माटो हाल्न नसकिएको उनले बताए ।

उनले काम राम्रो र गुणस्तरीय हुन नसकेकै कारण जिल्ला बिकास समितिले आफ्नो भूक्तानी काटेको समेत बताए । जिल्ला प्राविधिक कार्यालय पर्साका प्रमुख दीपक दासले पनि काम गुणस्तरीय हुन नसकेकोले ठेकेदारको भूक्तानीमा कटौती गरेको बताए । अनुगमनका क्रममा गिट्टी भन्दा बढी बालुवा मिसिएको पाइएको उनको भनाई छ ।

उनले निर्माण पक्षले पाउने रकममा २ लाख जती कटौती गरेको बताए । निर्माण पक्षले पहिला नै सडकमा रहेको गिट्टी ट्रयाक्टरले जोतेर रोलिङ गरेको स्थानीयले आरोप लगाएका छन । निर्माण पक्ष र जिल्ला प्राविधिक कार्यालयले स्थानीयको गुनासो सहि नभएको दावी गरेका छन । दुवै पक्षले सडकमा झारेको गिट्टी ट्रयाक्टर लगाएर मिलाइएको बताएका छन ।

13769432_303634763317109_1989803744970751435_nरोडबोडको बजेट बाट सडकको मरम्मतको काम गर्ने भनी पैसा खर्च भएपनि इस्टिमेट अनुसारको काम नहुदा उपभोक्ताले गुणस्तरीय सडकको प्रयोग गर्नबाट भने बन्चित भएका छन । अरु बेलामा ढुक्क बस्ने जिल्ला बिकास समितिले असार लागेपछि मात्रै निर्माणका काममा ठेक्का लगाउने र वर्षातलाई बाहना बनाएर कमसल खालको काम हुने गरेको टिप्पणी हुने गरेको छ । सेढवा जीतपुर सम्मको सडक मरम्मतको ठेक्का असारको पहिलो हप्तामा लगाइएको प्राविधिक कार्यालयका प्रमुख दासले बताए ।