क्रान्तिकारीद्वारा रक्तदान सम्पन्न

817

बीरगंज २ साउन÷
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी पर्साले आइतवार बीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा नेकपा माओावदी केन्द्रका पोलिट ब्यूरो सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल ,अखिल क्रान्तिकारीका नेताहरु प्रभाकर गुप्ता, सन्तोष घिमिरे,पूर्व बिद्यार्थी नेता वालकृष्ण श्रेष्ठ, लगायत ५४ जनाले रक्तदान गरेको नेपाल रक्तसंचार केन्द्र्र्र्र बीरगंजले जनाएको छ ।
रक्त संचार केन्द्रमा रगतको अभाव भएपछि केन्द्रको आव्हानमा स्वयसेवी संस्थाहरुले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य बिजय महतो,केन्द्रीय सदस्य रामबाबु बैठा बाबुराम कौशीक पि.एल.श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।