नक्कली प्रमाणपत्रधारीले बिरामी जाँच्न थाले

2259

बीरगंज २ साउन – शैक्षीक प्रमाण पत्र नक्कली भएको भन्दै छानविनको दायरामा परेका बीरगंजका चिकित्सकले आफनो पेशा शुरु गरेका छन । पर्सा जिल्ला अदालतको आदेश अनुसार १५ लाख रुपैया धरौटी राखेर रिहा भएका डा.पन्नालाल पटेलले बिरामीको चेक जाँच शुरु गरेका हुन ।

शैक्षीक योग्यता नक्कली भएको अभियोगमा सिआइवीले बीरगंजबाट असार ३ गते डा.दिनेश साह तेली,डा.कुशराज गिरी डा.इर्सादुल हक,डा.निमेषपाल रमन ,डा.सरोज सिंह डा.पन्नालाल पटेल डा.रामकुमार प्रधान र डा. मोहम्मद रहुल्लाहलाई गिरफ्तार गरेको थियो । पर्सा जिल्ला अदालतमा असार १९ र २० गते दुई दिन सम्म चलेको थुनछेक बहस पछि आदालतको आदेशले चिकित्सकहरु धरौटीमा रिहा भएका हुन ।

नक्कली प्रमाण पत्र धारण गरेको अभियोग लागेर छानविनमा रहेका चिकित्सकहरु निलिम्बीत अवस्थामा छन । यस्तो अवस्थामा पूर्ववत पेशामा संलग्न हुन नपाईने ब्यवस्था रहेको जिल्ला सह न्यायधिवक्ता म.मुन्नको भनाई छ । उनको यस्तो तर्क रहेपनि कुन कानून आकर्षित हुन्छ भन्ने अन्यौल रहेको अस्पताल बिकास समितिका सदस्य सुदीप लामाको ठम्याई छ । नारायाणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सकहरुले अस्पताल बिकास समिति समक्ष काग गरि पाउनकालागि निबेदन दिएका थिए ।

निबेदनका बिषयमा अस्पताल बिकास समितिले जिल्ला सरकारी न्यायधिवक्ताको कार्यालय संग राय माग गरेको समितिका सदस्य लामाले बताए । जिल्ला सह न्यायधिवक्ता म. मुन्नाले अस्पताल बिकास समितिलाई कारवाहीको दायरमा रहेका चिकित्सकहरुलाई काममा लगाउन नपाइने राय पठाएको बताउछन ।

कानून बमोजिक चिकित्सकहरुले काम गर्न मिल्दैन उनले भने “यस्तै अवस्थामा काम गर्दा दूर्घटनाबस कुनै ब्यक्तिको ज्यान गयो भने उहाँहरुलाई कर्तब्य ज्यानमा मुद्धा चल्छ” । मुद्धामा बिवाद रहदा सम्म चिकित्सकहरु पूर्ववत पेशामा जान नपाउने भएपनि बीरगंजमा भने केही चिकित्सकले सेवा शुरु गरेका छन ।

नारायणी उपक्षेत्रीय अस्पतालको लक्षीण पट्टी क्लिनीक चलाउदै आएका वालरोग बिशेषज्ञ डा.पन्नालाल पटेलले बिरामी चेक जाँच गरिरहेका छन । उनले जाँच गरेका बिरामी भर्ना गर्नु पर्ने अवस्थाको रहे अस्पतालमै भर्ना गराउने गरेका छन । उनले चेक जाँच गरेको एउटा बिरामी बच्चा वार्डको ३८ नम्बर बेडमा भर्ना भएको छ । निजी क्लिनीकमा बिरामी जाँच्ने र भर्ना सरकारी अस्पतालमा गरिएको छ ।