हामी नाचेको सबैले हेर्छन तर हाम्रो बच्चा रोएको कसैले हेर्दैन

1538

“औशीको रातमा मायाको यादमा
मत तडपी तडपी रोए , मायाको यादमा
औशीको रातमा । ”

स्लो मोसनको यो गीतमा एक नृत्यंगना नृत्य गर्दै थिइन । बारम्बार उनको आँखा अपरिचत ठाउँमा गैरहेको थियो । जहाँ थिए उनको शिशु नानी र जो रुदै आफनो आमालाई दुग्ध ख्वाउन अनुरोध गरिरहेका थिए । आमाको मन हतासियो । तर पनि धैर्य गर्दै छिनमा नानी तिर छिनमा दर्शक तिर आखा गर्दै उनी नृत्य गरिरहिन । धेरै बेर सम्म नानी रोयो । नानी रोएको त्याहाँ उपस्थित सबैले देखि रहेका थिए तर सबैकोध्यान मनोरन्जन तिर केन्द्रीत भएकाले नानीको चित्कारलाई नसुने झै गरे । बरु बाध्यतामा परेर स्टेजमा नृत्य गरिरहेकी ति बेवस आमाको नृत्यमा मनोरन्जन लिदै थिए । गित सकियो । केहि मिनेट पछि हताशिएको मुद्रामा हतार हतार गर्दै ति नृत्यंगना आएर बच्चा काखमा च्याप्दै छिडि निर पुगिन र बच्चालाई दुध ख्वाइन । जसरी बच्चाले आमाको दुधको धार तानीरहेका थिए त्यसै गरि ति महिलाको आखाबाट आशुको धार बगिरहेको थियो । बच्चालाई पुरा दुध पनि ख्वाउन पाइनिन तब सम्म ५ नम्बर अर्को गितको लागि तैयार हुनु भन्ने भित्र स्टेजबाट माइकिंग भयो । उनी बच्चालाई किनारमा राख्दै थुम थुम्याउदै स्टेजमा जाने तरखर गर्दै गरिन । नानी चुप लाग्यो र उनी स्टेजतिर गइन । त्यो दुश्य देख्दा हाम्रो मन अमिलो भयो । सबैको आखा छोपि ति महिलालाई एक्लैमा केहि कुरा सोधौ भन्दा हाम्रो हिम्मत भएन ।

मध्यरातको ११.३० बजेको थियो । महिलाको निम्ति महिला मञ्च नेपालको रात्रीकालिन अनुगमनमा हामी निस्किएका थिएउ । दोहरी साझ तथा डान्सबारमा महिला माथि हुने दुरव्यवहारको घटना नियाल्दै रात्रि अनुगमनमा हाम्रो समुह बाग बजार पुग्यो । हामी एक डान्सबार भित्र पुग्यौ । डान्सबार भित्र यो गित बजिरहेको थियो र यसमा नृत्य गर्दै थिइन एक महिला । हाम्रो समुहको साथीहरु एक खालि टेबलमा बसेर त्याहाको वातावरण नियालि रहेका थिएउ । ठिक त्यहि बेला एक दुधे नानी तिर हाम्रो ध्यान गयो । उ आफनो आमालाई बोलाईरहेको थियो । हामी चकित भ्यौ यो कसको नानी हो किन यसरी छोडेका होला ? भन्ने हाम्रो समुहको साथीहरुमा केहि छिनको लागि चर्चाकोविषय भयो । तर गित सकिएपछि ति स्टेजमा नृत्य गर्ने आमाले आफनो बच्चालाई च्यापेको देख्दा हाम्रो आखाबाट आशु झरयो । अब त जे पर्ला ति महिला सँग केहि सोध्नु परयो भनेर हामी उनी तिर जान लागेका थिएउ ति महिला मुस्कुराउदै अर्कै कोठा तिर भागिन् । हामी पनि त्याहाँ बाट हिडेउ ।

त्यसपछि हाम्रो टोलि दरवार मार्ग तिर आयो । काठमाण्डौको अरु क्षेत्रमा १२ बजे नै दोहरी साझ र डान्स बार बन्द हुन्छ भने दरवारमार्ग तिर १ बजे हुने सुचना हामीले पाएका थिएउ । दरवारमार्ग चौकमा रहेको प्रहरीको समुह सँग समन्वय गर्दै हामी कमलादि तिर जाने बाटोमा रहेको डान्सबारमा हामी पस्यौ । त्याहाँ पनि एक महिला आफनो ७ वर्षको भाईलाई बाबु तिमि यहि बस ल म आई हाल्छु भन्दै भाईलाई कुर्सीमा राखेर आफु स्टेजमा गइन् । १ बज्नै लागेको थियो , अब प्रहरी आउछ भन्ने डरले उनको गितमा नृत्य पुरा हुन पाएन र हतारमा स्टेज छोडेर माथि ओडनीले शरिर छोप्दै भाई निर आइन् । उनी आउदा भाई निदाइसकेका थिए । त्याहा आएका मानिस सबै जाने मुडमा थिए , त्यहि मौकामा हामीले ति श्रमीक महिलासँग नानी तिम्रो घर कहाँ हो भनेर सोध्यौ , तर उनले जवाफ दिइनन बरु आखाबाट आशु झारिन । भाई हिन अब जाउ आज अलिकति पैसा भएछ बाहिर जाउ केहि किन्ने अनि खाने है भन्दै भाईलाई बोकेर उनी हिडिन हामी सँग केहि बोलिनिन ।

राजधानीमा खुलेका अधिकाशं दोहरी साझ र डान्सबारमा प्राय ः घरायसि विवसताको कारण बाध्यतामा परेर आएका श्रमीक महिलाहरु भेटिन्छन् । स्टेजमा नृत्य गर्दा खेरीको उनको चेहरा र स्टेजबाट तल ओर्ले पछिको उनको चेहरामा धेरै फरक पाइन्छ । तर उनको त्यो समस्या समाजले बुझदैन केवल नकारात्मक धारणा मात्र समाजले दिन्छ । अखिर उनको नृत्यको मनोरन्जन लिन यहि समाजका व्यक्ति त्याहाँ पुग्छन् । तर पनि उनलाई नाना प्रकारको हिसांत्म्क शब्दले प्रहार गर्छ यो सामाज । ति बाध्यतामा परेकि महिलालाई आफनो चुल्हो बाल्ने समस्या छ , उनी गरिब छिन पारिवारिक बोझ छ उनी माथि अनि के गर्ने त?त्यहि भएर अधिकासं गरिबी रेखा मुनि रहेका महिला यो बाटो रोज्छन भन्नु हुन्छ महिलाको निम्ती महिला मञ्चकि कार्यकार.ी निर्देशक सृजना पुन । महिलाको निम्ती महिला मञ्च नेपाल विगत ८ वर्ष देखी अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमीक महिलाको मानव अधिकारको लागि पैरवी गर्दै आइरहको छ । यो सस्थाले निरन्तर दोहरी साझ , डान्सबार ,मसाज पर्लर क्याविन रात्रीकालिन मनोरन्जन दिइरहेका श्रमीक महिलाहरुको पेशालाई सम्मान गर्न राज्यलाई कानूनको बनाउनको लागि निरन्तर दवाव दिदै आइरहेको छ ।

एकातिर गरिबी छ भने अर्कातिर त्योा कार्यको सम्मान छैन त्यसैले कुनै न कुनै हिंसा त्याहाँ कार्यरत श्रमीक महिलाले भोग्नु पर्ने अवस्थाको सृजना भएको महिला , बालबालिका तथा समाजककल्याण मन्त्रालयकि सह सचिव राधिका अर्याल बताउनु हुन्छ । साथै एकवर्ष पहिले नेपाल सरकारले गरेको सर्वेक्षणमा काठमाण्डौमा मात्र मनोरन्ज क्षेत्रमा ४५ हजार महिला कार्यरत रहेको जानकारी दिनु भयो । श्रम तथा रोजगार मन्त्रालयकि सह सचिव आभा श्रेष्ठले मनोरन्ज क्षेत्रमा कार्यरत श्रमीक महिलाहरुको बाध्यता त छदै छ त्यो भन्दा पनि पेशाको सम्मानको सम्मान छैन त्यसैले उनीहरु दोहरो हिंसामा पर्ने खतरा बढेको छ र यसका लागि श्रम ऐन २०४८ मा केहि बुदा शंशोधन गरेर ति क्षेत्रका महिलाहरुको पक्षमा कानून बनाउनु पर्नेमा जोड दिनुभयो ।

(माथिको कथा रात्री अनुगमनको क्रममा भेटिएका यथार्थ घटना हुन् । )