नक्कली बीलमा भूक्तानी दिन पास पर्सा जिविस एमसीपीएममा फेल

518

बीरगंज ३ साउन – न्यूनतम शर्त तथा कार्य सम्पादन मूल्याकंनमा पर्सा जिल्ला बिकास समिति फेल भएको छ । पर्सा जिल्ला बिकास समिति न्यूनतम शर्तमा पनि फेल भएको छ । कार्य सम्पादन मूल्याकनमा पनि पर्सा जिल्ला बिकास समिति पास हुन सकेन । बीरगंज उपमहानगरपालिका भने न्यूनतम शर्तमा पास भएको छ । एमपीसीएममा फेल भएपछि पर्सा जिल्ला बिकास समितिले करिब डेढ करोड रुपैया थप अनुदान गुमाएको छ । अव जिल्ला बिकास समिति पर्साले न्यूनतम अनुदान बाहेक केही नपाउने भएको छ ।

स्थानीय निकायहरु जनप्रतिनिधि बिहिन भएको अवस्थामा न्यूनतम शर्त तथा कार्यसम्पादन पद्धतीले सेवा प्रवाह र बिकास कार्यक्रम जिम्मेवारीपूर्वक संचालन हुने बिश्वास राखेको छ । एमसीपीएमको नतिजको आधारमा नेपाल सरकारले स्थानीय निकायको अनुदानमा थपघट गर्दै आएको छ ।स्थानीय निकायमा सेवा प्रवाह,कार्यसम्पादन,पारदर्शीता,समावेशी बिकास,सहभागिता ,बित्तिय अनुशासन,बित्तिय जोखिम न्यूनीकरण गरि सुशासनको प्रत्यभूत गर्ने स्थानीय निकायहरु एमसीपीएममा पास हुने गर्छन । पर्सा जिल्ला बिकास समिति पर्सामा एमसीपीएममा फेल हुनुको अर्थ सेवा प्रवाह,कार्यसम्पादन,पारदर्शीता,समावेशी बिकास,सहभागिता ,बित्तिय अनुशासन,बित्तिय जोखिम न्यूनीकरण पूर्ण कायम हुन नसकेको स्पष्ट हुन्छ ।

जिल्ला बिकास समिति पर्साका एमसीपीएमका फोकल पर्सन हरिशंकर कुर्मी पनि एमसीपीएमका कतिपय सूचकहरु आफूहरुले प्राप्त गर्न नसकेको स्वीकार गर्छन । तोकिएको समयमा कार्य सम्पादन हुन सकेन । कर्मचारी ब्यवस्थापनमा ओभरलोड रह्यो त्यसलाई ब्यवस्थापन गर्न नसकिएको उनको भनाई छ । योजनाको निर्माण बजेटको बिनियोजन स्रोतको ब्यवस्थापन जस्ता कामहरु राम्रो हुन नसकेकोे कुर्मीको स्वीकारोक्ती छ । बजेटको निकासा खर्च कार्यान्वयन सूचना र पारदर्शीत कायम राख्ने बिषयमा समस्याहरु रहेकोले पूर्ण अंक पाउन नसकिएको उनले बताए । एमसीपीएम पास हुने गरि अन्य शाखाहरुले काम गरेनन उनले भने मैले समन्वय मात्र गर्ने हो तर काम त सबै शाखाहरुले गर्नु पर्ने त्यो हुन सकेन ।

एमसीपीएममा फेल हुदा हुने नोक्सानी पर्सा जिल्लाका नागरिको नोक्सानी हो । नोक्सानीको कारक भने जिल्ला बिकास समिति पर्साको कर्मचारी ब्यवस्थापन हो । एमसीपीएमको मापदण्डहरु पुरा नगर्नु भनेको काम नगर्नु हो । यसलै पर्सा जिल्ला बिकास समितिका नेतृत्वमा रहेका कर्मचारीहरुको नैतीक पक्षमाथि गम्भिर प्रश्न उठेको छ । नक्कली बील बनाएर भूक्तानी लिने र दिने अड्डाको रुपमा चर्चित जिल्ला बिकास समिति पर्साको नेतृत्वमा रहेका कर्मचारीहरु प्रति नैतीक प्रश्नको कुनै अर्थ नरहने टिप्पणी पनि हुन थालेको छ । नक्कली बिल बनाएर भूक्तानी गर्न पास भएको जिल्ला बिकास समिति एमसीपीएममा फेल हुनु स्वाभाविक भएको जानकारहरुको भनाई छ । एमसीपीएम पद्धतीका एक जानकारका अनुसार स्थनीय स्वायत्त शासन ऐन , नियमावली र आर्थिक प्रशासन ऐनले निर्देशीत गरेको काम नगर्नु नै न्यूनतम शर्त तथा कार्य सम्पादनमा फेल हुनु हो । उनका अनुसार न्यूतम शर्तका १० सूचक र कार्य सम्पादनका ४० सूचकमा पास हुन नसक्नेहरुले राम्रो काम गरे जनताप्रति जवाफदेहीता निर्वाह गरे भन्न मिल्दैन । गर भनेको काम नगर्नु भनेको एक प्रकारको भ्रष्टचार भएको उनको बिश्लेषण छ ।