डा. गोविन्द केसीका १२ जना समर्थक पक्राउ

172
फाइल तस्विर

काठमाडौं, ४ साउन – चिकित्सा क्षेत्र सुधारको विभिन्न माग राखि विगत १० दिन देखी आठौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीका १२ जना समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अनसनको १० औ दिन डा. केसीको स्वास्थ्य अवस्था गंभिर बनिसन्दा पनि सरकारले बेवास्ता गरेको भन्दै बालुवाटार घेर्न पुगेका उनीहरुलाई निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बालुवाटारमा डा. केसीको मागको यथाशिघ्र सुनुवाई हुनु पर्ने , सरकार जिम्मेवार भएर चिकित्सा क्षेत्रको समस्या समाधान गर्नुपर्ने लगायतका माग राख्दै नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।

पक्रउ परेका उनीहरुलाई महानगरिय प्रहरी वृत कमलपोखरीमा राखिएको महानगरिय प्रहरी परिसरले जनाएको छ ।