डा. केसीलाई सभामुख घर्तीले भेटिन

158

काठमाडौँ, ५ साउन – सभामुख ओनसरी घर्ती मगरले शिक्षण अस्पताल पुगेर ११ दिन देखि अनसन बसिरहेका डा. गोविन्द केसीलाई भेटेकी छिन ।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउँनु पर्ने माग सहित ४ बुंदे माग राखेर अनसनमा बसेका डा.केसीको स्वास्थ्य अवस्थाको बारेमा उनले जानकारी लिएको थिइन ।

भेटका अवसरमा सभामुख घर्तीले डा. केसीका मागबारे राजनीतिक दल र संसदको ध्यानाकर्षण गराउने बताएकी छन् । साथै भएमा सभामुख घर्तीले डा. केसीको स्वास्थ्य बिग्री रहेकाले अनसन स्थगित गर्न सुझाव दिएकी थिइन ।