डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार घोषणा

    139

    ओहायो, ५ साउन – डोनाल्ड ट्रम्प अमेरिकाको आसन्न राष्ट्रपतिको उम्मेदवार बनेका छन् । अमेरिकाको ओहायोस्थित क्लिभल्याण्डमा भएको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनले पार्टीका तर्फवाट डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार चयन गरेको हो ।

    राष्ट्रिय सम्मेलनमा भएको मतदानमा २४ सय भोट मध्ये १७ सय २५ मत प्राप्त गरेर आधिकारिक उम्मेदवार भएका हुन्।

    सम्मेलनको पहिलो दिन डोनाल्ड ट्रम्पसंगै उनकी पत्नी मेलानिया पनि देखिएकी थिइन् । उनकी पत्नीले सम्मेलनमा गरेको भाषण सन् २००८ मा मिचेल ओबामाले गरेको भाषणको कपि भएको भन्दै उनको कडा अलोचना भएको छ । सामाजिक संजालमा मिचेल ओबामा र मेलानियाले गरेका भाषणमा अक्षरस समान रहेको भन्दै ट्रोल गरिएको छ ।