प्रेस चौतारीले रक्तदान कार्यक्रम गर्ने

189

बीरगन्ज साउन ५ गते ÷ रक्त संचार केन्द्र बीरगन्जमा भएको रगतको अभावलाई मध्यनजर गर्दै प्रेस चौतारी नेपाल पर्साले बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको छ । बुधवार विहान रेडियो बीरगन्जमा बसेको प्रेस चौतारी नेपाल पर्साको बैठकले साउन ७ गते शुक्रवार विहान ७ बजे माइस्थान स्थित हिमाञ्चल केबिनमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले रक्तदाताहरुको उल्लेखनीय सहभागिता गराउन तथा कार्यक्रमको व्यवस्थापन गर्न चौतारीका कोषाध्यक्ष सफल खतिवडाको संयोजकत्वमा कार्यसमिती सदस्यहरु मनोज पटेल, जियालाल साह, कबिता मैनाली, एसके.चौरसिया र संतोष पटेललाई विषेश जिम्मेवारी दिएको छ । बैठकमा ब्लड डोनर्स एशोसिएशन पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारीका पार्षद एवं ओमन फार बल्डका अध्यक्ष मायामितू न्यौपाने लगायतको विषेश उपस्थिति रहेको थियो