‘बिहे गर्ने भएँ भने इन्फर्म गर्छु’

199

मुम्बई, ५ साउन – जन्मदिनको अवसर पारेर आगामी फिल्मको प्रमोसन गर्न फेसबुकमा पेज बनाएकी बलिउड अभिनेत्री क्याट्रिना कैफले फेसबुकमा भिडियो सेयर गरेकी छिन् ।

भिडियोमा उनले प्रशंसकलाई ‘राम्रोसँग रहन’ अनुरोध गरेकी छिन् । दुई दिनअघि अपलोड भएको भिडियोलाई सोमबारसम्म सात लाखभन्दा धेरैपटक हेरिएको छ, ३० हजारभन्दा धेरैले लाइक गरेका छन् ।

यो मात्र होइन, क्याट्रिनाले फेसबुकमा अर्को भिडियो पनि सेयर गरेकी छिन् । त्यो भिडियोमा चाहिँ उनले फिल्म ‘बार–बार देखो’बारे बताएकी छिन् । ९ सेप्टेम्बरमा रिलिज हुने फिल्म हेर्न अनुरोध पनि गरेकी छिन् ।

अर्को लाइभ भिडियोमा चाहिँ क्याट्रिनाले आफ्नो विवाहबारे बताएकी छिन् । उनले भनेकी छिन्– विवाह गर्ने भएँ भने म आफ्ना प्रशंसकलाई जरुर बताउँछु ।

फेसबुकमा एकाउन्ट खोलेलगत्तै ट्विटरमा पनि क्याट्रिनाले एकाउन्ट खोल्ने कुरा थियो । तर, सोमबारसम्म उनले ट्विटरमा एकाउन्ट खोलेकी छैनन् ।