सभामुख घर्ती र प्रचण्डबीच भेटवार्ता

205
तस्बिर : माओवादी केन्द्र सचिवालय

काठमाडौँ, ५ साउन – सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावारण बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेकी छिन्।

बुधवार प्रचण्डको निवासमा बुधवार बिहान भएको भेटवार्तामा सभामुख घर्तीले दलीय सहमति भएमा संसदको कार्यसूची परिवर्तन गर्न सकिने बताएकी थिइन् । सभामुख घर्तीले दलहरुबीच सहमति नभए आफूले यसअघि निर्धारण गरेको कार्यसूचीलाई नै अघि बढाउन बाध्य हुने जानकारी प्रचण्डलाई गराएकी छिन्। सभामुख घर्तीको जवाफमा प्रचण्डले सहमतिको वातावरण बनाउन आफ्नो तर्फबाट पुरा प्रयास गर्ने बताएका थिए।

भेटमा सभामुख घर्ती र प्रचण्डबीच सहमतिमा संसदका गतिविधि अघि बढाउने विषयमा छलफल भएको थियो।

संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई बिहीबार बस्ने बैठकको कार्यसूची बनाएपछि प्रधानमन्त्री र  नेकपा एमालेले विरोध जनाउँदै आएको छ। एमालेले तीनवटा आश्रित विधेयकलाई कार्यसूचीबाट हटाएर सभामुख बायस भएको आरोप लगाउँदै आएको छ।

सभामुखले भने अविश्वासको प्रस्तावको सूचना आइसकेपछि अन्य विषय छलफलमा ल्याउनु अघि सो प्रस्तावमा छलफल गराउनु पर्ने प्रचलन रहेको भन्दै अविश्वासको प्रस्तावलाई मात्रै कार्यसूचीमा राखेकी थिइन्।