अनशनस्थलमै बेहोस भएर ढले नेवि संघका विद्यार्थी नेता

409

वीरगञ्ज, साउन –शनिबारदेखि आमरण अनशनमा बसेका नेपाल विद्यार्थी संघका नेता बेहोस हुन थालेका छन् । विधिवत तरिकाले महाधिवेशन हुनुपर्ने माग गर्दै सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय परिसरमा आमरण अनशन थालेका नेविसंघ नेता कुन्दनराज काफ्ले निकट दुईजनाको अवस्था गम्भीर भएको हो ।

अनशनमा बसेका मध्ये विद्यार्थी नेता गणेश सापकोटा सोमबार मध्यान्ह बेहोस हुन पुगेका हुन् । सापकोटा बेहोस भएपछि तत्कालै चिकित्सक बोलाएर स्वास्थ्योपचार गरिएको छ । त्यसैगरी आमरण अनशनमा बसेका अर्का विद्यार्थी नेता रत्नहरि ढुंगेलको पनि स्वास्थ्य अवस्था गम्भीर भएको छ ।

उनीहरु आमरण अनशन बस्नुअघि ६ दिन रिले अनशन बसेका थिए । तर, पार्टीले कुरा नसुनेको भन्दै आमरण अनशन बस्न पुगेकाको अवस्था इन्तु न चिन्तु भएको हो ।
आठ वर्षदेखि हनु नसकिरहेको नेविसंघको महाधिवेशन साउन २३ गतेदेखि २५ गतेसम्म काठमाडौं गर्ने निर्णय भइसकेको छ ।

महाधिवेशनकै मुखमा नेविसंघका अर्का नेता महेन्द्र शर्मा निकट समूहका केही विद्यार्थीहरु पनि विधानसम्मत महाधिवेशन माग गर्दै सानेपामै अनशन बसिरहेका छन् ।