एकहप्ते स्तनपान सप्ताह सुरु

333

वीरगञ्ज, साउन – आफ्ना शिशुलाई हरेक आमाले नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाइँदैछ ।

विश्व स्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाइएको हो । यस वर्षको स्तनपान दिवसको नारा ‘स्तनपानः दिगो विकासको आधार’ तय गरिएको छ ।

बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसिको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सचेतना जगाउन सप्ताहको मूल उद्देश्य हुने जनाइएको छ ।