नेपाल बैंकले बजार मूल्यभन्दा १७ सय घटेर लगानी कोषको सेयर विक्री गर्दै

371

वीरगञ्ज, साउन – नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने प्रकृया सुरु गरेको छ । बैंकले यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बैंकले तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले एक कित्ताको न्युनतम मूल्य ३५ सय रुपैयाँ तोकेको छ । बैंकको सेयर लिन इच्छुकले यसमा वढेर आवेदन दिनु पर्ने हुन्छ । आवेदन २१ दिनभित्र दिइसक्नु पर्छ ।

बैंकले जारी गरेको सुचना अनुसार, सेयरमा आवेदन बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले मात्र दिन पाउँछन् । सेयरका लागि कम्तिमा २५ हजार कित्तासम्मको आवेदन दिनुपर्ने हुन्छ । बजारमा कम्पनीको सेयर प्रति कित्ता ५२०० रुपैयाँमा बिक्री भइरहेको छ ।