नेप्से दोस्रो दिन पनि १७ अंक घट्यो

303

काठमाडौं, साउन – बजार परिसूचक अंक दोस्रो दिन पनि घटेको छ । कारोबारको दोस्रो दिन यो साता नेप्से सूचक १७.३५ अंक घटेको हो । बजार खुल्नासाथ ओरालो लाग्न सुरु गरेको नेप्से १८४५.४१ अंकमा आइपुगेर बजार बन्द भएको छ ।

सोमबार होटल समूहको कारोबार सूचक हरियो रहे पनि बाँकी समूहको कारोबार घटेको छ । कुल सात समूहको सेयर कारोबार भएकामा होटलको ४०.२१ अंकले कारोबार बढेको छ भने वाणिज्य बैंक १६.४४, विकास बैंक ३२.४३, ऊर्जा २५.३, फाइनान्स १.४४, बीमा ६४.१६ र उत्पादनको कारोबार ४२.५८ अंकले घटेको हो । सातमध्ये ६ समूहको कारोबारमा गिरावट आएका कारण सोमबार नेप्से घट्नपुगेको हो ।

आज नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ३.६२ अंकले घटेको छ । दिनभरिमा १४० कम्पनीको ५१ लाख सेयर बिक्री भएपछि सेयरबजारमा आज एक अर्ब ८४ करोडको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । आज ७३ सय ६४ पटक सेयर खरिदबिक्री भएपछि उक्त परिमाणको सेयर कारोबार भएको हो ।