फुपुल्हामुले राष्ट्रिय झण्डा बोक्ने

302

वीरगञ्ज, साउन – जुडो खेलाडी फुपुल्हामु खत्रीले सोचेकी थिइन् कि उनी पनि यस्तो प्रख्यात खेलाडी होलिन् र ओलम्पिकमा पुग्लिन् । तर भाग्यभन्दा बढी मेहनतले नै उनलाई ब्राजिलको रियो दि जेनेरियोबाट निम्तो आएको छ ।

साउन २१ गतेदेखि हुँदै गरेको ३१ औं रियो ओलम्पिकमा सहभागी हुन उनी आइतबार त्यसतर्फ उडेकी छिन् । अझ त्यसमा पनि नेपाली टिमको नेतृत्व गर्दै झण्डा बोक्न पाएसँगै उनमा खुसीको सीमा छैन । ‘मसंग खुसीको सीमा छैन, मलाई लाग्छ देशको इज्जत मेरो हातमा आएको छ’ उनले भनिन् ।

‘झण्डा बोक्न पाउनु गौरव भएपनि एकसे एक खेलाडीलाई छाडेर मलाई नै रोजिनुले पक्कै पनि ममाथि गरिएको भरोसो हो’, उनले अगाडि भनिन् ‘म दिलो ज्यान लगाएर इज्जत जोगाउन प्रयत्नरत हुनेछु ।’
सागमा नेपालले जुडोमा जितेको स्वर्ण पनि त्यो एकल नै हो । अहिलेसम्मको करियरमा २१ वर्षे फुपुले ८÷९ वटा स्वर्ण जितिसकेकी छिन् ।

शनिबार नेपाल ओलम्पिक कमिटिको भवनमा आयोजित कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले फुपुले झण्डा बोक्ने घोषणा गरेसँगै उनी फुरुङ्ग भइन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उनीले स्वर्ण जितेकी थिईन । फुपुल्हामु खत्रीले महिला ६३ केजी तौल समूहमा प्रतिस्र्धा गर्दैछिन् । उनको भिडन्त साउन २५ गते हुनेछ । रियो ओलम्पिकमा पाँच खेलका सात खेलाडीले भाग लिंदैछन् ।