मुलुकभर बाढी पहिरोले १ सय २ को मृत्यु, २२ बेपत्ता

277

काठमाडौं, साउन– सरकारले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएको बाढी पहिरोमा परि १ सय २ जनाको मृत्यु भएको जनाएको छ । २२ जना बेपत्ता भएका र ५८ घाइते भएका छन् ।

व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा सरकारका तर्फबाट कामचलाउ सरकारका गृहमन्त्री भीम रावलले जानकारी गराउदै यसबर्ष बाढी पहिरोका कारण १ सय २ जनाको मृत्यु भएको बताएका हुन् ।

गृहमन्त्री रावलले राहात र उद्धार कार्यमा कुनै कमी हुन नदिइएको बताए । बाढी प्रभावित क्षेत्रमा महामारी फैलिक सक्ने आशंकमामा औषधी सहित चिकित्सक पठाइएको उनले बताए ।