मोर्चाले प्रधानमन्त्रीमा प्रचण्डलाई सर्शत मतदान गर्ने

2214

वीरगञ्ज, साउन – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अब बन्ने नयाँ प्रधानमन्त्रीका उम्मदेवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्न कार्यदल समक्ष प्रस्ताव पेश गरेको छ । आईतबार मोर्चाको तर्फबाट कार्यदल समक्ष पेश गरिएको पाँच बुँदे राजनीतिक मागमा दुई बुँदा थप गरेर सोमवार पुनः अर्को प्रस्ताव पेश गरिएको हो ।

थप गरिएको राजनीतिक मागमा स्थानीय निकाय पुर्नसंरचना आयोग पुर्नगठन गर्नुपर्ने भनिएको छ । राजनीतिक मागहरु कार्यदलबाट सम्बोधन भए प्रधानमन्त्री निर्वाचनामा दाहालको पक्षमा मतदान गर्ने मोर्चाले सातौ बुँदामा उल्लेख गरेको छ ।

अहिले स्थानीय निकाय पुर्नसंरचना गर्ने कार्य रोकेर आयोग गठन गरेर मात्र स्थानीय निकाय पुर्नसंरचनाको काम अगाडि बढाउनुपर्ने मोर्चाको माग छ ।

मोर्चा घटक दल सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने, ‘५१ प्रतिसत जनसंख्या रहेको मधेसमा १ सय ८८ गाउँपालिका र ४८ प्रतिशत जनसंख्या रहेको पहाडमा २ सय ७७ गाउँपालिका बनाउन मधेस प्रति बेईमानी हो ।’ यो प्रक्रिया अन्तर्गत पहाडको तुलनामा मधेसको ८९ सिट कम हुन्छ,’ उनले भने ।