प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराए

67

वीरगञ्ज, साउन – प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले उम्मेदवारी दर्ता गरेका छन् ।
उनको प्रस्तावकमा काँग्रेस सभापति शेरबहादुर देउवा छन् भने समर्थक कृष्णबहादु महरा, जयदेव जोशी, कुमार खड्का र चन्द्रेश्वर झा छन् ।

यस्तै नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ । उसले विपक्षमा बस्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पदमा उम्मेदवारी दिने कि नदिने भनेर निर्णय गर्न एमाले स्थायी कमिटीको बैठक बसेको थियो । प्रधानमन्त्री पदको निर्वाचन बुधबार हुँदैछ ।