प्रधानमन्त्री चुनावमा यादवले मत नदिने

159

वीरगञ्ज, साउन – प्रधानमन्त्री चयनका लागि बुधवार हुन लागेकाे चुनावमा संघिय समाजवादि फाेरम नेपालले पुष्पकमल दाहाल प्रचण्डकाे पक्षमा मतदान नगर्ने भएकाे छ ।

फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बिहिवार एक रेडियाे कार्यक्रम मार्फत यस्ताे बताएका हुन । हुन लागेको सहमतिमा धोका भएकोले प्रधानमन्त्रीको चुनावमा प्रचण्डकाे पक्षमा मत नदिने निर्णय गरीएकाे प्रतिक्रिया उनले दिएका छन । यादवले संघीयताको सन्दर्भमा सहमतिको बूंदामा पहिचान उल्लेख गर्नुपर्ने अडान लिएको बताइएको छ ।

एक उच्च स्रोत अनुसार विहिवार विहान मधेस आन्दोलनका मुद्धा सम्वोधन लगायतमा सहमति भएपछि संघीय गठबन्धनका नेताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे उम्मेद्वारीमा समर्थन जनाएपनि सहमतिको बूँदामा उल्लेख भएको बिषयमा विवाद उत्पन्न भएको छ ।

तीन पक्षवीच ३ वूदाँमा मौखिक सहमति भएपनि संघीय समाजवादी फोरमका अध्यक्ष यादवले संघीयताको सन्दर्भमा सहमतिको बूंदामा पहिचान उल्लेख गर्नुपर्ने अडान लिएकाे बताइएको छ । सोही बिषयमा विवाद भएपछि लिखित सहमतिका लागि साँझसम्म बसेको बैठक निष्कर्ष विहिन भएको छ ।

स्रोतका अनुसार, विवाद मिलाउन बुधवार विहान कंग्रेस, माओवादी र संघीय गठबन्धनका नेताहरुवीच बैठक हुने भएको छ । यसअघि सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संसोधन गर्ने र आन्दोलनका क्रममा घाइते भएकाको उपचार लगायतबारे नयाँ सरकारले निर्णय गर्ने सहमति भएको बताएका थिए ।

प्रधानमन्त्री चुनावमा प्रचण्डलाई समर्थन जनाएपनि सरकारमा भने नजाने गठबन्धनले तयारी गरेको हो ।