प्रहरीमा अब ३० वर्षे सेवाहद हट्ने

272

वीरगञ्ज, साउन – ३० वर्षे सेवाहद हटाउने, एसपीसम्म आन्तरीक प्रतिस्पर्धाबाट बढुवा गर्ने जस्ता महत्वपूर्ण प्रावधानसहितको संघीय प्रहरी सम्बन्धि प्रतिवेदन गृहमन्त्रालयलाई बुझाइएको छ । संक्रमणकालमा अन्दरप्रदेश सरुवा गर्न मिल्ने तथा केन्द्रलाई सुपरिवेक्षणको अधिकार दिनुपर्ने प्रस्ताव प्रतिवेदनमा छन् ।

केन्द्रमा गृहमन्त्रालय मातहत नेपाल प्रहरी रहने र त्यसले प्रदेशका प्रहरीहरुबीच समन्वयको काम गर्ने छ । जसको प्रमुख प्रहरी महानिर्देशक हुनेछन् । प्रदेश प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षक वा प्रहरी निर्देशक हुनेछन् । महानिर्देशकले सबै प्रदेशका आईजीपीलाई समन्वय गर्ने छन् ।

त्यसका लागि केन्द्रलाई सुपरीवेक्षणको अधिकार दिनका लागि प्रस्ताव गरिएको छ । ‘दैनिक कामकाज होइन, प्रहरी सेवालाई गुणस्तरीय बनाइराख्न प्रहरी सेवाको स्तर र मापदण्डको केन्द्रबाट सुपरिवेक्षण हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ कार्यदलका संयोजक रहेका पूर्व प्रहरी महानिरीक्षक कुबेर सिंह रानाले भने ।

अहिले प्रहरी निरक्षीकबाट एसपी हुनका लागि २० वर्षभन्दा लामो समय लाग्ने अवस्था छ । यसले प्रहरीमा नैराश्यता बढाएको छ । क्षमतावान प्रहरीलाई फाष्ट ट्रयाकबाट बढुवा गर्ने उद्देश्यले आन्तरिक प्रतिस्पर्धा गराई बढुवा गर्ने प्रावधान राख्न सझुाव दिइएको छ । निश्चित मापदण्ड पुगेपछि इन्सपेक्टरबाट डिएसपी तथा डिएसपीबाट एसपी तहसम्म प्रतिस्पर्धाबाट बढुवाको प्रस्ताव गरिएको हो ।
एसपीका रिक्त पदमध्ये २० प्रतिशत फाष्ट ट्रयाक तथा ८० प्रतिशत ब्याच प्रणालीमा आधारीत कार्यसम्पादन मूल्याङकन प्रणालीबाट बढुवा प्रावधान राखिएको छ ।
इन्सपेक्टरबाट डिएसपीमा २५ प्रतिशत आन्तरीक खुल्ला प्रतिस्पर्धा ७५ प्रतिशत ब्याच प्रणालीमा आधारीत कार्यसम्पादन मूल्याङकनबाट हुनेछ । प्रदेश प्रहरीका इन्सपेक्टर पनि नेपाल प्रहरीको डिएसपी बढुवामा खुल्ला प्रतियोगतिामा भाग लिन सक्नेछन् ।

महानिर्देशकको कार्यकाल तीन वर्षको हुने र उमेरहद ६० वर्ष पु¥याउने प्रस्ताव छ । महानिरीक्षकको पनि पदावधि ३ वर्ष र उमेरहद ५९ वर्ष राखिएको छ । नायब महानिर्देशकको सेवा हद ३ वर्ष र उमेरहद ५९ वर्ष राखिएको छ । त्यस्तै प्रदेशतर्फ रहेने नायक महानिरीक्षकको उमेरहद भने ५८ वर्ष राखिएको थियो ।