बाल विवाह गर्नेहरुको संख्या बढ्दो

114

मकवानपुर, साउन – बाल विवाहको दर उच्च मकवानपुरमा पनि बालविवाह गर्नेहरुको संख्या उल्लेखनीय रहेको सरोकारवलाहरुले बताएका छन् । महिला तथा बालबालिका कार्यालय मकवानपुरको सहयोगमा सिबिन मकवानपुरले आज स्थानीय होटलमा आयोजना गरेको बालबालिकाहरुको अवस्था, समस्या र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मकवानपुर जिल्लामा पनि बालविवाहको अवस्था पाइएको बताएका छन् ।

उनीहरुले जिल्लामा जनचेतना मुलुक कार्यक्रम ग्रामीण भेगसम्म पनि पु¥याउन आवश्यक रहेकोमा जोड दिएका छन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिक लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा सहभागी गैरसरकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षाप्रेमी लगायतले बालविवाहको अवस्था र चुनौती तथा समाधानको बिषयमा आ–आफ्ना धारणा राखेका थिए ।