रामचन्द्र पक्षले माग्यो मन्त्रिमण्डलमा ६०/४० भागबन्डा

123

वीरगञ्ज, साउन – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकारमा सहभागी हुने सहमति जनाएका नेपाली काँग्रेसले आफ्नो तर्फबाट मन्त्रिमण्डलमा पठाउने अन्तिम तयारी गरिरहेको छ ।
पौडेल पक्षको मंगलबार अनामनगरमा बसेको भेलाले पहिलेकै अनुसार ६०/४० भागबण्डामा आफूहरूले सीट पाउनुपर्ने माग गरेका छन् ।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, सीतादेवि यादवसहितको भेलामा पौडेल पक्षका अधिकांश केन्द्रीय सदस्यको उपस्थिति थियो ।

भेलाले मन्त्रिमण्डलमा जाने नेताहरूको मापदण्ड तोक्न केन्द्रीय समितिको बैठक बोलाउन समेत माग गरेको भेलामा सहभागी नेताले बताए ।

यद्यपी काँग्रेसका तर्फबाट सरकारमा जाने र को–को मन्त्री हुने भन्ने टुंगो लाग्न सकेको छैन ।
एक नेताका अनुसार पार्टीभित्र गुट र उपगुटको नेतृत्व गर्दै ‘शक्ति केन्द्र’ का रुपमा स्थापित नेताहरुलाई मन्त्री संख्या भागबन्डा गरिदिए पनि कुन–कुन मन्त्रालय भन्ने प्रश्न देउवाले सामना गरिरहनुपरेको छ ।