​पेट्रोल, डिजल, मट्टितेल, र ग्याँस मुल्य घट्यो

313

वीरगञ्ज, साउन – अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेपछि नेपालमा पनि इन्धनको मुल्य घटाइएको छ । नेपाल आयल निगमले आज रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

सरकारले असोज १३ गतेबाट इन्धनमा स्वचालित मुल्य प्रणाली लागु गरेको थियो । सोही अनुसार अन्तराष्ट्रिय बजारमा हुने घटबढअनुसार नेपालमा मुल्य निर्धारण हुने गरेको छ ।

निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेका अनुसार मगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर पेट्रोलमा दुई, डिजेलमा दुई र मट्टितेलमा दुई रुपैयाँ घटाएको हो । मुल्य समायोजन भएपछि प्रतिलिटर पेट्रोल ९७, डिजेल ७३ र मट्टितेल ७३ रुपैयाँ किन्ने पाउने छन् ।

खाना पकाउने ग्यासको मुल्य पनि समायोजन गरिएको छ । प्रतिसिलिन्डर ग्यासको मुल्य २५ रुपैयाँ घटेको छ । अब ग्यास सिलिन्डरको मुल्य १३ सय ७५ मा पाइने छ ।