अमलेखगंज इन्धन डिपो द्वारा २५ करोड लिटर तेल आयात तथा बिक्री

247

वीरगञ्ज, साउन – भारतीय नाकाबन्दी तथा मधेस आन्दोलन गत आर्थिक वर्ष २०७२/७३ को साउन–असार १२ महिनामा नेपाल आयल निगम लिमिटेड इन्धन डिपो कार्यालय अमलेखगंजले रक्सौल, बरौनी र विराटनगर नाकाबाट पेट्रोल ५ करोड २३ हजार, डिजल १९ करोड ६७ लाख ६६ हजार र मटीतल १३ लाख १३ हजार लिटर आयात गरेर माग बमोजिम होइन, आवश्यकता बमोजिम बिक्री वितरण गरेको छ ।

काठमाडौँ, थानकोट, पोखरा, भैरहवा डिपामा पेट्रोलियम पदार्थ स्थानान्तरर्ण गरिएका नेपाल आयल निगम लि. क्षेत्रीय डिपा कार्यालय अमलेखगंजका सहायक प्रबन्दक डिल्लीराम तिवारीले बताए।

प्राप्त विवरण अनुसार रक्सौल नाकाबाट पेट्रोल ९६ लाख, ३ हजार लिटर, डिजल १० करोड ९ लाख ८६ हजार लिटर र मटीतल १३ लाख १३ हजार लिटर, त्यस्तै बरौनी नाकाबाट क्रमशः ३ कराड ५७ लाख, ७ करोड ४९ लाख ४० हजार र विराटनगर नाकाबाट पेट्रोल ४७ लाख २० हजार लिटर र डिजल २ करोड ८ लाख ४० हजार लिटर आयात गरी डिलरहरूलाई बिक्री वितरण तथा स्थानान्तरण गररे अहिल अमलेखगंज डिपोमा ११ लाख ४० हजार २२८ लिटर पेट्रोल, ९४ लाख ४८ हजार ६७० लिटर डिजल र ३ लाख ७३ हजार १०१ लिटर मटीतले मौज्दाता छ ।

पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण नियमित भएको सहायक प्रबन्धक तथा लेखा अधिकृत डिल्लीराम तिवारील बताए ।

आजको प्रतीक दैनिकमा सामाचार छ ।