तीन बुँदेमा नयाँ केही छैन : अध्यक्ष थापा

124
फाइल तस्बिर

काठमाडौं, साउन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले काँग्रेस–माओवादी केन्द्र र मधेशी मोर्चावीच भएको नयाँ तीन बुँदे सहमतिमा केही नयाँ कुरा नआएको दाबी गरेका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष थापाले भने,‘तीन बुँदेमा केही पनि नयाँ छैन, हाम्रै पालाको सरकारले गरेका कुराहरु दोहोरिएका छन् ।’

उनले तीन बुँदेमा समेटिएका मधेश आन्दोलनमा निधन भएकाहरुलाई सहिद घोषणा गर्ने सहमतिबाहेक अरु सबै कुराहरु ओली सरकारकै पालामा सहमति भएको दाबी गरे ।