दोहोरो शुल्क लिंदै शिक्षण अस्पताल

837

वीरगन्ज– गत असार १ गते वीरगन्ज उपमहानगरपालिका–१६ निवासी २० वर्षीय गुड्डी देवीले शल्यक्रिया मार्फत नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बच्चा पाइन् । उनका बुवा राधाकृष्ण साहका अनुसार छोरीलाई एक साता पछि डिस्चार्ज गर्दा करिब ३२ हजार रुपैया“ अस्पतालमा बुझाउनुपरेको थियो । चैत ६ गते वीरगन्जको भेडियारी स्थित शिक्षण अस्पतालमा भर्ना भएकी रामवन– ९ वाराकी सुमित्रा देवीले शल्यक्रिया गरी बच्चा पाइन् । ८ दिनमा घाउ निको भएपछि अस्पतालले सुमित्रालाई डिस्चार्ज ग¥यो । औषधि, शल्यक्रिया र बेड खर्चको झन्डै ४० हजार रुपैया“ अस्पतालमा बुझाएको उनका अभिभावक धर्मेन्द्र सहनीले बताए । यसैगरि चैत ४ मा प्रसुती सेवाका लागि मेडिकल कलेज आएकी रौतहट भवानीपुर– ५ की अन्नु सहनीले पनि शल्यक्रियाद्धारा बच्चा पाइन् । अस्पतालमा १० दिन भर्ना भएकी सहनी डिस्चार्ज भएपछि ३२ हजार रुपैया“ बुझाउनुपरेको उनका जेठाजु सोनालाल सहनीले बताए । ‘रगत आफैले उपलब्ध गराएपनि औषधि खर्च मह“गो प¥यो,’ कान्तिपुरस“ग सहनीले भने ।

शल्यक्रिया मार्फत प्रसुती हु“दा मात्र हैन् सामान्य प्रसुतीमा पनि अस्पतालले चर्को शुल्क लि“दै आएको छ । यही असार ३ गते कलैया– २२ निवासी हेमादेवीले शिक्षण अस्पतालमा सामान्य प्रसुती मार्फत बच्चा पाउ“दा पनि १२ हजार ५ सय रुपैया“ बुझाएको छिन् । ‘उच्च रक्तचापका कारण शल्यक्रिया गरी बच्चा निकाल्नु पर्ने भन्दै चिकित्सकले शल्यक्रिया कक्षमा लिएर गए,’ हेमाका श्रीमान् नवलकिशोर साहले भने, ‘तर, अन्तिम अवस्थामा सामान्य अवस्थामै प्रसुती भयो ।’ स्लाइन पानी र औषधी खर्च गरी दुई दिनमै १२ हजार रुपैया“ भन्दा बढी रकम तिरेको उनले बताए । मेडिकल कलेजमा विगत ४ वर्षदेखि आमा सुरक्षा कार्यक्रम लागु भएको छ । जनस्वास्थय कार्यालय पर्साका अनुसार कार्यक्रम लागु भएको स्वास्थ्य संस्थाले निशुल्क सुत्केरी सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । सुत्केरी सेवा वापत लागेको खर्च नेपाल सरकारले उपलब्ध गराउ“दै आएको छ ।

अस्पतालले प्रसुती वापत बिरामीस“ग पैसा लिएर पनि निशुल्क सेवा दिएको भन्दै प्रसुती सेवा उपलब्ध गराइएको महिलाको विवरण जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएर झुक्तानी लि“दै आएको पाइएको छ । माथि उल्लेखित गुड्डी, हेमा, सुमित्रा र अन्नुको प्रसुती सेवा वापत अस्पतालले शुल्क लिएपनि जनस्वास्थ्यमा निशुल्क सेवा उपलब्ध गराएको फाराम पेश गरेको छ । जनस्वास्थ्य सूचना अधिकृत अमलेश्वर मिश्राका अनुसार कार्यक्रम सम्झौता भएको स्वास्थ्य संस्थाले प्रसुति सामान्य होस वा जटिल अस्पतालले निशुल्क सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । ‘सम्झौता गरेपछि औषधि, सेवा र शल्यक्रिया वापत शुल्क लिन पाइदैन्,’ कान्तिपुरस“ग मिश्राले भने, ‘अस्पतालले उपलब्ध गराएको विवरणको आधारमा भुक्तानी गरिएको हो ।’ जनस्वास्थ्य स्रोतका अनुसार मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रममा व्यापक अनियमितता गरिरहेको थाहा हु“दा हु“दै पनि केही गर्ने अवस्था छैन् । ‘अनुगमनमा जाने कर्मचारीलाई गेटबाटै फर्काइदिन्छन्,’ स्रोतले भन्यो, ‘लेखामा भुक्तानीका लागि पेश गरिएको बिल भरपाई फस्र्यौटमा केही दिन मात्र ढिलाई भएमा कार्यालयमै आएर धम्काउ“छन् ।’

आमा सुरक्षा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थामा सरकारले सामान्य प्रसुतीको एक हजार ५ सय, जटिलयुक्त प्रसुतीको ३ हजार र शल्यक्रियाद्धारा गरिएको प्रसुतीको ७ हजार रुपैया“ उपलब्ध गराउ“दै आएको छ । विरामीस“ग प्रसुती वापत चर्को शुल्क असुलेको शिक्षण अस्पतालले जनस्वास्थ्यमा निशुल्क सेवा दिएको फाराम बुझाएर आर्थिक वर्ष ०७२÷०७३ मा ७२ लाख २७ हजार ५ सय रुपैया“ झुक्तानी लिएको छ । ६ सय ३१ महिलाको शल्यक्रिया, १ सय ४८ महिलाको जटिल प्रसुती र १ हजार १ सय ३७ महिलाको सामान्य प्रसुति सेवा गरी कुल एक हजार ८ सय १६ महिलालाई निशुल्क सेवा दिएको विवरण पेश गरेको छ । विवरणमा उपलब्ध गराइएको मोबाइल नम्बरमा यस सम्वाददाताले सम्पर्क गर्दा अधिकांशले प्रसुति सेवा वापत अस्पताल व्यवस्थापनले चर्को शुल्क असुलेको बताए । कार्यक्रम अन्तर्गत प्रसुती पछि महिलाले घर जान यातायात सेवा वापत ५ सय रुपैया भने दिने गरेको छ । ‘त्यस्कै भरपाई गराएर सबै सेवा निशुल्क उपलब्ध गराएको बिल भरपाई पेश गरेको देखिएको छ,’ जनस्वास्थ्यका एक कर्मचारीले भने, ‘रकम निकासामा केही दिन मात्र ढिलाई हु“द माथिल्लो निकायबाटै दबाब आउने गरेको छ ।’ जनस्वास्थ्य अधिकृत समेत रहेका मिश्राले सबै प्रसुतीको अनुगमन गर्न सम्भव नरहेको बताए । कार्यक्रम अधिकृत मीरा यादवले मेडिकल कलेजले पेश गरेको विवरणमा आशंका लागेको केही बीलको भुक्तानी रोकिएको बताइन् । सरकारी अस्पतालमा मात्र निशुल्क सेवा पाउने बुझेका सेवाग्राहीले नीजि शिक्षण अस्पतालमा पनि निशुल्क सेवा पाउछ भन्ने थाहा नै पाएका छैनन् ।

अाज काे कान्तिपुर दैनिक बाट ।