नेप्सेका सबै सूचक रातो

225

काठमाडौं, साउन – यो साता सेयरबजारमा गिरावट हुने क्रम रोकिएको छैन । बुधबार चौंथो दिन पनि नेप्से सूचक १२ दशमलव ७५ अंकले घटेपछि सेयरबजारमा उत्साह नदेखिएको हो । देशमा नयाँ प्रधानमन्त्री पाएको दिन बजार परिसूचक भने ओरालो लागेको हो ।

आज नेप्से घटेपछि सेयरबजारमा १ अर्ब २८ करोडको सेयर खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज १ सय ३७ कम्पनीको २५ लाख कित्ता सेयर बिक्री भएको छ । दिनभरिमा ६२ सय ८४ पटक सेयर खरिदबिक्रीबाट उक्त परिमाणको सेयर कारोबार भएको हो । बजार खुलेदेखि नै नेप्से ओरालो लागेको थियो ।

सबै समूहको कारोबार सूचक रातो रहेका कारण नेप्से परिसूचक घटेको हो । आज वाणिज्य बैंक १३.४८, होटल १०.८९, विकास बैंक ११.०१, ऊर्जा १७.५८, फाइनान्स १०.५५, बीमा ३३.८२ र उत्पादनको कारोबार ४१.४ अंकले घटेको छ ।