प्रचण्डलाइ मोदीको बधाई र निम्तो

251

काठमाडौँ, साउन – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाइ बधाई दिएका छन् र भारत भ्रमणमा आउने निम्तोसमेत दिएका छन् ।

प्रचण्डको निजि सचिवालय अनुसार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रचण्डलाई टेलिफोन गरेर बधाई दिएका हुन् । फोनमा मोदीले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै बधाइ दिनुका साथै कार्यकालको सफलताको कामना गरेका थिए ।

टेलिफोन सम्वादमा मोदीले चाँडै भारत भ्रमणका लागि प्रचण्डलाई आग्रहसमेत गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

यसैगरी ९ महिना अघि प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी ओलीलाई पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएका थिए ।