प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री निर्वाचित

271

काठमाडौं, साउन – पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औँ प्रधानमन्त्री चुनिएका छन्।

बुधबार व्यवस्थापिका संसदका बहुमत सदस्यको मतबाट प्रचण्ड दोस्रोपटक नेपालको प्रधानमन्त्री बनेका हुन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यवस्थापिका संसदमा हाल कायम सांसदमध्ये बहुमत प्राप्त गरी प्रधानमन्त्री निर्वाचित भएका हुन्।

कूल ५७३ मत खसेकोमा प्रचण्डले ३६३ मत ल्याएर प्रधानमन्त्री निर्वाचित भएका छन्। उनको विपक्षमा २१० मत खस्यो।   प्रचण्डलाई नेपाली कांग्रेस, मधेस केन्द्रित दल लगायतका दलहरुको समर्थन थियो।

नेकपा एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिएपछि प्रचण्ड प्रधानमन्त्रीको प्रतिस्पर्धामा एक्लै थिए। यद्यपि संसद नियमावलीअनुसार मत विभाजन प्रक्रियाबँट ओपचारिकता दिनुपर्ने भएपछि संसदमा आज निर्वचान भएको थियो।

संसद्‍मा कायम कुल संदस्य संख्या (५ सय ९५) को बहुमत (२ सय ९८) सदस्यको समर्थन प्राप्त गर्ने उम्मेदवार प्रधानमन्त्री निर्वाचित हुने संसद नियमावलीमा व्यवस्था छ।

प्रचण्ड यसअघि २०६५ साल भदौ २ गतेदेखि २०६६ जेठ ११ गतेसम्म प्रधानमन्त्री रहेका थिए।