प्रधानमन्त्री प्रचण्डलाई उपराष्ट्रपतिको बधाई

82

काठमाडौँ, साउन – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नवनिर्वाचत प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् । उनले बुधबार टेलिफोन गरेर प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् ।

उपराष्ट्रपति पुनले नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई बधाईसहित केही सुझाब पनि दिएका छन् । उनले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण, संविधानप्रति असन्तुष्ट पक्षहरुको संबोधन, बलियो राष्ट्रिय एकता निर्माण र समृद्ध नेपाल निर्माणलाई मुलूकको एजेण्डा बनाएर अगाडि बढ्न सुझाब दिएका हुन् ।

उनले नवनिर्वाचित प्रधानमन्त्रीलाई मुलूकको राष्ट्रिय एजेण्डामा व्यवस्थापिका संसद र संसद बाहिर रहेका दलहरुलाई पनि साथमा लिएर अगाडि बढ्न सुझाब दिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।