मेरो उम्मदेवारीको खास आर्थ छ : रत्न कार्की

1023

नेपाल विद्यार्थी संघको विभिन्न पदमा निर्वाचिचत भई सफलतापूर्वका काम गरेका रत्न कार्की अहिले उपाध्यक्ष हुन् । साउन २३ गतेदेखि हुने महाधिवेशनमा रत्न कार्की अध्यक्षको आकांक्षी बनेका छन् । प्रस्तुतः छ,नेपाल विद्यार्थी संघका अध्यक्षका प्रत्यासी रत्न कार्कीसँग द स्टेट डेली डट कमकालागि सम्पादक के.सी.लामिछानेले गरेको कुराकानी ।

तपाईलाई नेपाल बिद्यार्थी संघको अध्यक्ष नै किन हुनु पर्यो ?

नेपाल बिद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष हु । त्यो भन्दा अगाडि केन्द्रीय सदस्य जिल्ला अध्यक्ष निम्न माध्यामिक तह पढदा देखी नै संघको जिम्मेवारी लिएर काम गरेको हु । २५ वर्ष देखी संगठनको बिभिन्न तह मा बिभिन्न खालको जिम्मेवारी लिएर काम गरिरहेको छु । अव अहिलेको बेलामा की त छाड्नु पर्छ कि त जिम्मेवारी लिएर अगाडि बढ्नु पर्छ । संगठनको बिधि अनुसार नियमित महाधिवेशनहरु हुदै आएको भए आज म संगठनबाट बिदा भइसकेको हुन्थे । तर भएन जसले लामो समयदेखी संगठनमा काम गरेका साथीहरुको सम्मान जनक निकास हुन सकेन । नत्र यती लामो अवस्था सम्म संघमा बस्नु ठिक थिएन । तर अहिले मेरो सक्रियता ,मेरो अनुभव र पदीय हैसीयतको कुरा अध्यक्षमा प्रतिस्पर्धा गर्नु बाहेक मेरो अगाडि बिकल्प छैन । त्यस कारण पनि म अध्यक्षको जिम्मेवारी लिने दिशामा अग्रसर छु ।

यो त तपाईले निर्माह गरेको सागठानीक जीवनको आधारमा अध्यक्षमा दावेदारी भयो तर अन्य मुद्धा पनि होलानी हैन र ?

निश्चय पनि मुद्धा छन । शैक्षीक राजनीत आन्दोलनको मुद्धा आजको दिनमा प्रमुख मुद्धा हो । हिजो प्रतिवन्धितकालको भन्दा अहिले फरक छ । आन्दोलनबाट प्राप्त राजनीति उपलब्धीको रक्षा गर्नु पर्ने एउटा दायीत्व छ । आजको शिक्षा बिभेदकारी छ । शिक्षाका आकाश जमीनको अन्तर छ र यो बर्ग निर्माण र बेरोजगार उत्पादन गर्ने उधोग जस्तो भएको छ । आज मुल मुद्धा पनि यही हो । यो बिभेदको अन्त्य गरि आम नेपालीका सन्तानले सहज सरलरुपमा शिक्षामा पहुच पु¥याउन सक्नु पर्छ । विद्यार्थी आन्दोलनको भूमिका समय र परिस्थितिले निर्धारण गर्ने कुरा हो ।

निश्चयनै निरकुंश काल र प्रजातान्त्रिक कालअवधिमा विद्यार्थी आन्दोलनको भूमिकामा आकास जमिनको फरक पर्छ । निरंकुश कालमा विद्यार्थीहरु स्वतन्त्रता र अधिकारका आन्दोलनमा होमिएका थिए । अहिले प्रजातान्त्रिक कालमा आन्दोलनबाट प्राप्त अधिकारको रक्षा र यसको ग्यारेन्टीको लागि आन्दोलित हुनु पर्ने अवस्था छ ।

यस्तो वेला विद्यार्थी संगठनको भूमिका ज्यादा खवारदारी गर्ने नै हुन्छ । तथापी राजनीतिक परिवर्तनसँगै विद्यार्थी आन्दोलनले बुलन्द गरेका आवाजहरु आज क्रमश निरर्थक र नसुनिदै गएका छन् । आजका दिनमा पनि पढ्न पाउने र नपाउनेबीच नमेटिने खाडल बड्दै गएकोछ । अहिले पनि लाखौं विद्यार्थीहरु आधारभुत तथा उच्च शिक्षाको अवसरबाट वञ्चित छन् । विभेदकारी शिक्षा नीति कायमै छ । शहर र गाउँ केन्द्रित शिक्षाको असमानता हटाउन सकिएको छैन । लाखौं बालबालिकाहरु विद्यालयको ढोकासम्म पनि पुग्न अझै सकेका छैन्न । यस्तो अवस्थाको अन्त्य विद्यार्थी आन्दोलनले गर्नुपर्ने हो । राज्यलाई यो काम गर्न जसरी पनि वाध्य बनाउनु पर्ने हो । त्यसतर्फ विद्यार्थी आन्दोलनको ध्यान पु¥याउन जरुरी छ मेरो यही बिषयमा ध्यान पुग्ने छ । यही मुद्धाको जगमा मेरो अध्यक्षमा उम्मेदवारी हो ।

नेपाली कांग्रेस उदारीकणको पक्षधर हो तर तपाई शिक्षामा समानताको कुरा गर्नु हुन्छ बैचारिक सैद्धान्तिक आधार बिपरित शिक्षामा समानता कुरा राजनीतिक मुद्धा मात्र हो ?

उदारीकरणको बिषय एउटा हो । प्रतिस्पर्धा हुनु राम्रो हो तर नीजिकरणको नामा जुन लुट भइरहेको त्यो गलत हो । अहिले सम्बन्धन दिने बाहेक कुनै राम्रो काम छैन । शिक्षाको कर्मचारी संयनत्रको ध्यान यतिमै सिमति छ । तर शिक्षा पाउने बिषयमा समान हुनु पर्छ यसको अर्थ के होइन भने एउटा चलेको बोर्डिङ र दुर दराजको बिद्यालयले पठन पाउने पाठ्य क्रम भौतीक संरचना शिक्षकको गुणस्तरमा कम्तीमा एकरुपता हुनु पर्छ । नीजिकरणले आज झन समस्या ल्यायो । उदारीकरणको नाममा यस्तो बेथीतीलाई स्वीकार गर्न सकिदैन ।

तपाईले राजनीतिक नेतृत्व स्वीकार गरेको पार्टी वा अन्य बिद्यार्थी संगठनका पनि माउ पार्टीहरु सरकारमा गएका छन । तर तपाईहरुको मुद्धा सम्बोधन हुन सकेको छैन । त्यस अर्थमा तपाईहरुले माउपार्टीको झोला मात्रै बोक्नेमा दरिनु भो नी हैन । ?

तपाईले महत्वपूर्ण बिषय उठान गर्नु भयो । हो हामीलाई दुःख लाग्छ । हामीले पहिला देखीनै शिक्षामा रहेको बािष्यमताको अनत्यकोलागि मुद्धा उठायौ हामीले राजनीतिक रुपमा स्वीकार गरेको नेतृत्व सरकारमा पनि पुगेकै छ । तर हाम्रो मागहरु पुरा भएका छैनन । शिक्षामा रहेको असमान नीतिहरु हटेनन । सरकारमा पुग्ने हाम्रा माउपार्टीहरुको भनाई पनि ठिकै हो जस्तो लाग्छ । शिक्षा क्षेत्रमा भिजनरी जनशक्तिको अभाव छ । स्रोत साधनको अभाव छ । तर पनि हामीले यो मुद्धा उठान गरिरहेका छौ । वास्तव यो असमानता हटाउनकालागि यत्रो समय लाग्नु पर्ने अवस्था थिएन । तर प्रशासनीक र राजनीतिक संयन्त्रवीच इमानदार समन्वय छैन । भ्रष्टाचारमा रुमल्लीएको अवस्था छ । यही बिषयलाई अन्त्य गरेर सही शैक्षीक वतावरण बनाउने कुरमा मेरो ध्यान जान्छ ।

तपाई लगायत अन्य चार जना देउवा पक्षबाट अध्यक्षको दावेदार हुनुहुन्छ । तपाईहरुमा मिल्ने सम्भावना कत्तीको छ ?

सहमती हुन्छ नहुनु पर्ने केही छेन । त्यस बिषयमा छलफल पनि होला पार्टी सभापति शेर बहादुर देउवाले पनि केही भन्नुहोला । तर मुल कुरो के रहेछ भने हरेक पार्टी भित्र दुई पार्टी हुदा रहेछन । कांग्रेसमा पनि हिजो आज पनि दुई पार्टी छ । पार्टी भित्र फेरी बिभिन्न खाले समुह हुदा रहेछन । म भावनात्मक रुपमा हिजो देखी नै पार्टी सभापती शेर बहादुर देउवासग रहदे आएको छु । म जस्तै अरु पनि साथीहरु हुनुहुन्छ । पार्टी नेतृत्वले स्वभाविक रुपमा सहमती गरि नत्र प्रतिस्पर्धा गर नै भन्ने छ ।

नेतृत्वले तपाईलाई पछी हट्न भन्यो भने हट्नुहुन्छ त ?

म सहमतीको बाधक चाही होइन । सहमतीको नाममा मान्छेको योगदान र इतिहासलाई नामेट पानुृ हुदैन भन्ने मेरो मत हो । प्रतिवद्धता,निरन्तरता र योगदानको हिसावले योग्यता दक्षताका हिसावले को राम्रो हो त्यसले अवसर पाउनु पर्छ भन्ने कुराको याथोचित मापदण्ड बनाएर जिम्मेवारी दिने कुराको सुनिश्चितता हुदा म त्यसको बाधक हुन्न ।

महाधिवेशनको ब्यवस्थापकीय तयारी कस्तो छ ?

अन्यौलको स्थिति छ । घोषणा भएका आठौं पटक सम्म पनि महाधिवेशन हुन नसक्नु हामी प्रजातन्त्रबादी संगठनको लागि लाजमर्दौ कुरा हो । नेपालको प्रजातान्त्रिक आन्दोलन तथा विद्यार्थी हकहित र अधिकारको संघर्षमा निर्णयक भूमिका खेलेको नेविसंघ नेपाली विद्यार्थीको आस्था र विश्वासको सबैभन्दा ठुलो धरोहर हो । आज यहीँ संगठनबाट आएका व्यक्तिहरु मुलुकको पटक पटक प्रधानमन्त्री समेत भई नेतृत्व प्रदान गरिसकेका छन् ।

वर्तमान पार्टी सभापति स्वंयम शेरबहादुर देउवा नेविसंघको पूर्व केन्द्रीय अध्यक्ष हुन् । नेविसंघका अधिकांश पूर्व केन्द्रीय अध्यक्ष तथा पदाधिकारीहरु हाल पार्टीको केन्द्रीय पदाधिकारीमा हुनुहुन्छ । तैपनि स्वायत्त संस्थाको रुपमा रहेको आफ्नै विधि विद्यान र प्रकृयाबाट चल्ने नेविसंघको महाधिवेशन लामो समयदेखि अवरुद्ध हुनु गम्भीर विषय हो । यसप्रति नेविसंघको वर्तमान केन्द्रीय समिति जिम्मेदार हुनु पर्छ । खासगरी केन्द्रीय समितिको नेतृत्व गरिरहनु भएका अध्यक्ष बढी जिम्मेदार हुनु पर्ने हो । तर अध्यक्ष स्वयमको कामकारवाहीलाई हेर्दा अझै पनि महाधिवेशन विथोलिने थुप्रै क्रियाकलापहरु भइरहेका छन् ।

वहाँले स्वतन्त्र, निष्पक्ष तथा गुटरहित ढंगले संगठनको स्प्रिट समाउन सक्नु भएको छैन् । त्यसो हुदाँ पार्टीको नेतृत्वको हिसावले महाधिवेशन हुन्छ तर स्वंयम आयोजक नेविसंघको तयारीको हिसावले महाधिवेशन नहुने, भइहाले भाँडभैलो हुने दीशातर्फ उन्मुख भइरहेको छ । डिले गर्दै संगठनलाई डिरेल गर्ने अध्यक्षको विभिन्न क्रियाकलापले महाधिवेशनलाई कन्फ्युजनमा पारेको छ ।

तपाई नेतृत्वमा आउदा साथीहरुकले के अनूभूती गर्न पाउछन ?

नेविसंघको विधान अनुसार महाधिवेशनहरु भइदिएको थियो भने म लगायत धेरै साथीहरु धेरै पहिले नै नेविसंघबाट रिटायर्ड भइसक्थ्यौं । नेविसंघबाटै राजनीतिक क्यारिएर सुरु गरी कूशलतापूर्वक उपाध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरेकाले पनि अध्यक्ष पदमा मेरो सशक्त दावा हो । कसैलाई पनि काँखापाँखा नगरी काम अनुसारको जिम्मेदारी प्रदान गर्दै संगठनलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक रुपमा सुदृढ बनाउने प्रतिबद्धताकासाथ मेरो उम्मेदवारी हो । आमुल परिवर्तनको लागि संगठनलाई मेरो खाँचो छ । समयको मागसँगै दौडन सक्ने संगठन निर्माणको लागि मसँग सपष्ट दृष्टिकोण छ । आज नेविसंघ राजनीतिक मुलधारबाट डिरेल हुँदे गएको छ । आर्थिक अनुशासनहिनता अराजनीतिक, अनैतिक क्रियाकलाबाट पनि संगठनलाई मुक्त राख्न मेरो आवश्यकता भएको छ । “विद्यानको कार्यान्वयन, कार्यकर्ताको मुल्याङ्गन, नेताको सम्मान तथा समावेशी नेविसंघको पुननिर्माणको लागि मै प्रतिस्पर्धामा उत्रिएको छ । मलाई जिम्मेवारी प्राप्त हुदा यही कुरालाई र्काान्वयन गर्छु ।